Loading... आजः २५ बैशाख २०८३, शुक्रबार । Friday 8th May 2026
ताजा खबर
  

आजदेखि दैलेखमा पीसीआर बिधिबाट कोरोना परीक्षण

सुर्खेत ।

आजदेखि दैलेखबाट कोरोना भाइरसको परीक्षण सुरु भएको छ। दैनिक सय बढीको कोरोना परीक्षण गर्ने गरी पशु सेवा कार्यालय दैलेखको प्रयोगशालामा आरटी पीसीआर मेसिन जडान गरिएको हो।

पीसीआर मेशिनको संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री नवराज रावतले एक कार्यक्रमकाबीच औपचारिक उद्घाटन गरेका छन्।

दिनप्रतिदिन कोरोना संक्रमित बढ्दै गएपछि दैलेखमा पीसीआर मेसिन भित्र्याइएको हो।

नारायण नगरपालिका तथा जिल्ला जन स्वास्थ्य कार्यालयको समन्वयमा प्रतिनिधिसभा सदस्य रविन्द्रराज शर्माले निर्वाचन क्षेत्र पुर्वाधार विकास कोषको एक करोड ६ लाखको रकम कटौती गरी पिसिआर मेशिन र प्रयोगशालाका आवश्यक सामग्री जिल्ला भित्र्याएका थिए।

दैलेखमा हालसम्म ७६३ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।