Loading... आजः २३ असार २०८३, मंगलवार । Tuesday 7th July 2026
ताजा खबर
  

गिरिजाप्रसाद कोइरालाको ९६ औँ जन्मजयन्ती

सुर्खेत ।

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको ९६ औँ जन्मजयन्ती आज सुर्खेत सहित देशभर विभिन्न कार्यक्रम गरेर मनार्इएको छ।

कोरोना माहामारीका कारण भव्य कार्यक्रमको आयोजना नगरेपनि उहाँको सम्झना गरेर जन्मजयन्ती मनार्इएको छ।
गिरीजाप्रसाद कोर्इराला प्रतिस्ठान सुर्खेतले,पाटी कार्यालय सुर्खेतमा उहाँको फोटामा माल्यार्पण गर्दै जन्मजन्ती मनाएको हो।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य हृदयराम थानीले स्वगिय गिरिजाप्रसाद कोर्इरालालार्इ सम्झनागर्दै उहाँले गरेका कामको प्रशंसा गर्नुभयो।
उहाँले कोर्इराला जस्तो काँग्रेसमा नेतित्वगर्ने क्षमता भएको व्यक्ती नहुदाँ पाटी सञ्चालनमा समस्या भएको भन्दै अहिले कोर्इरालाको अभाव खट्किएको जिकिर गर्नुभयो।
नेता थानीले कोर्इरालाले नेपाली राजनितिमा खेलेको भुमिकाको चर्चा गर्दै जनताले सधै गिरीजावावुलार्इ सम्झने गरेको उल्लेख गर्नुभयो।
उहाँले कोर्इरालाकै नेतित्वमा देशमा ठुलाठुला राजनितिक परिवर्तन भएको भन्दै उहाँले थालनी गरेको मार्गदर्शन हिड्नुको विकल्प नभएको औल्याउनु भयो।

यस्तै काँग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले गिरिजा बाबुको नेपाली राजनीतिका शीर्ष व्यक्तित्व एवं शान्ति प्रक्रिया र संविधान निर्माणको सूत्रधारका रुपमा रहेको बताउनुभयो।

उहाँले तत्कालिन नेकपा माओबादीलाई १२ बुँदे सम्झौता मार्फत शान्तिपूर्ण राजनीतिको मुलधारमा ल्याउन प्रमुख भुमिका गिरीजाप्रसालले नै खेलेको ठोकुवा गर्नुभयो।

कोइराला देशमा हालसम्म सबैभन्दा धेरैपटक प्रधानमन्त्री बन्न सफल नेता हुनुहुन्छ।
पाँचपटकसम्म प्रधानमन्त्री हुनुभएका कोर्इरालाको राजनीतिक यात्रा विक्रम सम्मत २००४ सालमा बिराटनगर जुट मिलको श्रमिक नेताको रुपमाबाट सुरु भएको हो।

विसं।१९८१ असार १८ गते भारतको बिहारमा जन्मिएका कोइरालाको २०६६ साल चैत ७ गते निधन भएको हो।
कार्यक्रम गिरीजाप्रसाद कोर्इराला प्रतिस्ठान सुर्खेतका सभापति ललित भटरार्इको सभापतित्वमा सम्पन्न भएको हो।