Loading... आजः २३ बैशाख २०८३, बुधबार । Wednesday 6th May 2026
ताजा खबर
  

कोरोना सङ्क्रमित धेरै हुनेमा भारत तेस्रो स्थानमा

सुर्खेत |

भारत काेराेना संक्रमित धेरै हुने देशहरूमा तेस्राे स्थान पुगेकाे छ ।  अमेरिका र ब्राजिल पछि भारतमा काेराेना संक्रमित धेरै छन् । रुसलाई पछाडि पार्दै भारत तेस्रो स्थानमा पुगेको हो । भारतमा ६ लाख ९७ हजारभन्दा बढीमा कोरोना सङ्क्रमण देखिएको छ । रुसमा सङ्क्रमितको संख्या ६ लाख ८१ ह्जारभन्दा बढी छ ।भारतमा पछिल्लो २४ घण्टामा १३ हजार ८५६ जना कोरोना सङ्क्रमित थपिएका छन् । अमेरिका र ब्राजिलमा कोरोना सङ्क्रमितको सङ्ख्या भारतमा भन्दा बढी छ ।

अमेरिकामा २९ लाख ८२ हजारभन्दा बढी र ब्राजिलमा १६ लाख ४ हजारभन्दा बढी कोरोना सङ्क्रमित छन् । यस्तै पाकिस्तान १२ औँ बढी सङ्क्रमित भएको देश बनेको छ । पाकिस्तानमा २ लाख २८ हजारभन्दा धेरै सङ्क्रमित छन् ।