सुर्खेत जिल्ला प्रशासनले भन्यो अनिवार्य मास्क लगाउनु
सुर्खेत ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतले अनिवार्य मास्क लगाउनका लागि सूचना जारी गरेको छ । ‘कोभिड –१९ नियन्त्रण, रोकथाम र प्रतिकार्यका लागि नेपाल सरकारबाट जारी बन्दाबन्दीको अवस्थालाई मध्यनजर गरि नारी गरिएका विभिन्न मितिका निर्णय, निर्देशनका बावजुद नेपाल सरकारद्वारा जारी आदेशको बर्खिलाप हुने गरि न्यूनतम स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगरि मास्क बिना मानिसहरुको आवतजावत हुने, भीडभाड गर्ने,, सामाजिक दुरी कायम नगर्ने प्रवृत्तिले कोभिड –१९ को जोखिम भयावह हुने अवस्था विद्यामान रहेकोले जनस्वास्थ्य र सुरक्षा मापखण्ड पालना गर्ने तथा मास्कको प्रयोग अनिवार्य गर्नुहुन सम्बन्धित सबैमा अनुरोध गरिन्छ’ जारी सुचनामा भनिएको छ ।
साथै मास्क प्रयोग गर्न अटेर गर्नेहरु उपर संक्रमण रोग ऐन २०२० बमोजिम कडा कारवाही हुने समेत सूचनामा उल्लेख गरिएको छ ।







