Loading... आजः २२ बैशाख २०८३, मंगलवार । Tuesday 5th May 2026
ताजा खबर
  

सुर्खेत प्रहरी लकडाउन पालना गराउन सक्रिए (भिडियो सहित)

सुर्खेत ।
जिल्ला प्रहरी कार्यालय सुर्खेत लकडाउन पालना गराउनका लागि सक्रिय भएको छ । विश्वमा फैलिएको कोरोना भाइरसको कारण देश बन्दाबन्दीमा भएपनि जनमानसको आधारभूत आवश्यकतालाई ध्यानमा राखी बन्दाबन्दीलाई केही खुकुलो बनाएसँगै कर्णाली प्रदेशको राजधानी समेत रहेको सुर्खेतको वीरेन्द्रनगर बजार पूर्ण रुपमा खुलेको अवस्थामा पुनः प्रहरीले सचेतनाका कार्यक्रमहरु अगाडि सारेको छ ।


जिल्ला प्रशासन कार्यालय सुर्खेतले यही असार १९ गते सूचना प्रकाशित गरेर होटल तथा रेष्टुरेण्ट लगायतका खाजा पसलहरु होमप्याक बाहेक पूर्ण रुपमा बन्द गर्ने, खुला रहने पसलमा अनिवार्य मूल्यसूची टाँस गर्ने, सवारी साधन संचालनको सम्बन्धमा जोर विजोर प्रणालीलाई यथावत गर्ने, तीन पाङ्ग्रे सवारी साधन (अटो) पूर्ण रुपमा बन्द गर्ने लगायतका बुँदाहरु समेटेको थियो । यसैगरि असार २३ गते सूचना प्रकाशित गर्दैै अनिवार्य मास्क लगाउन भनिएको छ ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतले प्रकाशित गरेका सूचनाहरुको पालना नभएको समाचार प्रकाशित भएपछि प्रहरी र प्रशासन सूचनालाई कडाइका साथ पालना गर्न गराउन लागि परेको छ । जसका लागि प्रहरीले माइकिङ्ग समेत गरेको छ ।

भिडियो जिल्ला प्रहरी कार्यालय सुर्खेतको फेसबुकबाट

भिडियो हेर्नुहोस्

https://www.facebook.com/dpo.surkhet.3/videos/832523160609996/?t=12