Loading... आजः १२ बैशाख २०८३, शनिबार । Saturday 25th April 2026
ताजा खबर
  

कर्णाली साहित्य समाजले अनलाइनमै मनायो भानु जयन्ती

सुर्खेत ।
कर्णाली साहित्य समाजले अनलाइनमै २०७ औं भानु जयन्ती मनाएको छ । नेपाली भाषा साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्म भएको २०७ औं वर्षको अवसरमा कर्णाली सािहत्य समाजले अनलाइनमा रचना वाचन गरेर भानु जयन्ती मनाएको हो ।


विश्व नेपाली साहित्य महासंघको नेपाल शाखाले अनलाइन मार्फत भानु जयन्ती मनाएको छ । नेपाल शाखाको आयोजनामा भएको भानु जयन्तीको अनलाइन कार्यक्रममा खगेन्द्र गिरी कोपिलाले आदिकवि भानुभक्तको बारेमा चर्चा गर्नुभएको थियो ।

अनलाइनमा नेपालगञ्जबाट खगेन्द्र गिरि कोपिला, कल्पना खरेल,  गणेशभक्त गौतम, भरत बहादुर राना भाट, इटहरी सुनसरीबाट राधा भट्टराई, सुर्खेतबाट देवकी तिमल्सिना ‘समीक्षा’, उगुना शाही, रमा केसी, भारतको खलनउबाट नन्द किशोर बर्मा, बलिराज रोकाया, गणेश थापाले रचना बाचन गर्नु भएको थियो ।

भानुभक्त आचार्य नेपाली साहित्यका प्राथमिक (प्रथम) कालका प्रतिनिधि कवि हुन् । उनी वाल्मीकि रामायणका अनुवादकका रुपमा प्रख्यात छन् । मोतिराम भट्टले उनलाई पहिलो पटक नेपाली भाषाका आदिकवि उपाधि दिएका थिए । उनले प्रश्नोत्तर (वि.सं. १९१०), भक्तमाला (वि.सं. १९१०), वधूशिक्षा (वि सं १९१९) लगायतका कृतिहरू लेखेका छन् । उनका पाण्डुलिपिहरूलाई संग्रह गरेर मोतिराम भट्टले पुस्तकाकारमा प्रकाशित गरेपछि उनी नेपाली साहित्यमा चिनिएका हुन् ।