विनेसामले मनायो १० औं वार्षिकोत्सव तथा २०७ औँ भानु जयन्ती
सुर्खेत |
विश्व नेपाली साहित्य महासङ्घ विश्व केन्द्रीय समितिले आफ्नो १०औं वार्षिकोत्सव तथा २०७औँ भानु जयन्ती अनलाइन जूम मार्फत एक भव्य कार्यक्रमको आयोजना गरी मनाएको छ । नेपाली भाषा साहित्यका विशिष्ट विद्धान प्राध्यापक डा. गोविन्दराज भट्टराईज्यूको प्रमुख आतिथ्य तथा भारतीय नेपाली साहित्यका बरिष्ठ कवि डा. राजेन्द्र भण्डारीज्यूको विशेष आतिथ्यमा कार्यक्रम भव्यताका साथ सम्पन्न भयो ।
डा. राजेन्द्र भण्डारीज्यूको केही शव्द र कविता वाचनसँगै आजको साहित्यिक
कार्यक्रमको पर्दा उघारिएको थियो । कार्यक्रम भानु विशेष भएकोले संस्थाको तर्फबाट भानु सम्बन्धी महत्वपूर्ण जानकरीसहित सँस्थाका सल्लाहकार कृष्णप्रकाश श्रेष्ठज्यूले मन्तव्य राख्नु भयो । बिगत पाँंच दशकदेखि मस्को रसियामा रहेर नेपाली भाषा साहित्यको सेवा गरिरहनु भएका श्रेष्ठज्यूले नेपाली साहित्यमा भानुभक्तको योगदान र मुल्याङ्कनको सन्दर्भमा आफ्नो अमुल्य मत राख्नु भयो । वहाँले नेपाली साहित्यलाई धेरै भन्दा धेरै अनुवाद गर्नुपर्ने आबस्यकता औंल्याउँदै वहाँहरुले रसियामा नेपाली साहित्यको उन्नतिकानिम्ति केही राम्रा कार्यहरु गरीरहेको पनि जानकरी गराउनु भयो । त्यसैगरी संस्थाका बरिष्ठ उपाध्यक्ष डा. लेखनाथ काफ्लेले पनि भानु सम्बन्धी निक्कै महत्वपूर्ण तथ्यहरु अनुसन्धान गरेर पस्कनु भएको थियो । डा. काफ्ले लामो समयदेखि ताइवानमा शिक्षण पेसामा संलग्न हुनुहुन्छ । संस्थाका पूर्वाध्यक्ष बिश्वासदीप तिगेलाज्यूले पनि बिनेसाम र भानुभक्त आचार्य बारे मिठो मन्तव्य राख्नु भयो ।
कार्यक्रमको पर्दा उघारिएको थियो । कार्यक्रम भानु विशेष भएकोले संस्थाको तर्फबाट भानु सम्बन्धी महत्वपूर्ण जानकरीसहित सँस्थाका सल्लाहकार कृष्णप्रकाश श्रेष्ठज्यूले मन्तव्य राख्नु भयो । बिगत पाँंच दशकदेखि मस्को रसियामा रहेर नेपाली भाषा साहित्यको सेवा गरिरहनु भएका श्रेष्ठज्यूले नेपाली साहित्यमा भानुभक्तको योगदान र मुल्याङ्कनको सन्दर्भमा आफ्नो अमुल्य मत राख्नु भयो । वहाँले नेपाली साहित्यलाई धेरै भन्दा धेरै अनुवाद गर्नुपर्ने आबस्यकता औंल्याउँदै वहाँहरुले रसियामा नेपाली साहित्यको उन्नतिकानिम्ति केही राम्रा कार्यहरु गरीरहेको पनि जानकरी गराउनु भयो । त्यसैगरी संस्थाका बरिष्ठ उपाध्यक्ष डा. लेखनाथ काफ्लेले पनि भानु सम्बन्धी निक्कै महत्वपूर्ण तथ्यहरु अनुसन्धान गरेर पस्कनु भएको थियो । डा. काफ्ले लामो समयदेखि ताइवानमा शिक्षण पेसामा संलग्न हुनुहुन्छ । संस्थाका पूर्वाध्यक्ष बिश्वासदीप तिगेलाज्यूले पनि बिनेसाम र भानुभक्त आचार्य बारे मिठो मन्तव्य राख्नु भयो ।धरान नेपालबाट प्राध्यापक डा. भिम खतिवडाज्यूले आदिकवि भानुभक्त आचार्य सम्बन्धी निक्कै नै महत्वपूर्ण कुराहरु प्रस्तुत गर्नु भयो । भानुको देन, तत्कालिन समयको समाजिक संरचना अनि अहिले भैरहेका टिकाटिप्पणीहरु बारे राम्रो मन्तव्य राख्नु भयो । प्रमुख अतिथिको आसनबाट प्रा डा गोविन्दराज भट्टराईज्यूले भानुभक्तमाथि प्रकाश पार्दै कार्यक्रममा वाचित सिर्जनाहरुको बारेमा पनि आफ्नो संक्षिप्त धारणा राख्नु भयो । यसरी भर्चुअल्ली भएको भानु जयन्ती कार्यक्रममा विभिन्न देशबाट थुप्रै पदाधिकारीज्यूहरु, आजीवन सदस्यज्यहरुलगायत धेरै साहित्यिक मनहरुको उपस्थिति रहेको थियो ।
रचना वाचन गर्नुहुने पदाधिकारी ज्यूहरुमा डा. नाज सिंह ( कविता – भारत) , हिक्मत थापा ( कविता- अफ्रिका / नाइजेरिया) खगेन्द्र अधिकारी अमृत ( कविता – सुर्खेत र नेपाल मुना सिग्देल ( गजल – नेपाल) अमित चाम्लिङ्ग ( कविता – कुवेत ) डा. मनमूर्ति भुर्तेल ( कविता – रसिया) गोविन्द गौतम ( कविता – रसिया) कल्पना पौडेल ’जिज्ञासु’ ( गजल – काठमाडौं नेपाल) भुवन रोका ( कविता – जापान) तिर्थ संगम राई ( कविता – कतार) विजय हितान ( इको कविता – बेलायत) टेक थापा ( कविता – बेलायत) कार्यक्रममा भर्चुअल्ली उपस्थित हुनु भएका सम्पूर्ण महानुभावहरुलाई महासङ्घ विश्व केन्द्रीय समितिकी उपाध्यक्ष सावित्रा लुइँटेल घिमिरेले इजरायलबाट स्वागत मन्तव्य राख्नु भएको थियो ।
महासङ्घ विश्व केन्द्रीय समितिका अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमलाई महासंघकी विश्व केन्द्रीय महासचिव सुनिता राई कन्दङ्वाले इजरायलबाट संचालन गर्नु भएको थियो । त्यसैगरी विश्व नेपाली साहित्य महासंघका विभिन्न देशमा रहेका राष्ट्रिय शाखाहरूले पनि भानु जयन्ती मनाएका छन् । विनेसाम नेपाल शाखाले विभिन्न सिर्जनाहरु वाचन गर्दै भानु जयन्ती मनाएको छ । त्यसैगरी विश्व नेपाली साहित्य महासङ्घ कुवेत शाखा र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरले संयुक्त रुपमा एउटा भव्य भर्चुअल कार्यक्रमको आयोजना गरी भानु जयन्ती मनाएको छ । त्यस्तै भारत शाखाले पनि विभिन्न सिर्जनाहरू वाचन गर्दै भानु जयन्ती मनाएको छ । इजरायल शाखाले भोली १४ तारिक, जापान शाखाले १९ तारिक, रसिया शाखाले २० तारिक र (म्यान्मा) वर्मा शाखाले चाँडै मनाउने तयारी चलिरहेको जानकारी गराउनु भएको छ ।






