नेपालगञ्जमा धवलले मारे बाजी : राप्रपाले रच्यो नयाँ इतिहास
नेपालगन्ज
नेपालगन्ज उपमहमानगरपालिकाको मेयरमा राप्रपाका डा. धवलसम्शेर राणा विजयी भएका छन् । मत गणनाको अन्तिम परिणामअनुसार राणाले १२ हजार ५ सय १५ मत प्राप्त गरी विजयी प्राप्त गरेका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका डा. सुरेशकुमार कनोडियाले ८ हजार ७ सय ३० मत ल्याएका छन् ।

राणा यसअघि २०५४ सालमा नेपालगन्जको मेयर बनिसकेका छन् । त्यतिबेला उनी एमालेबाट मेयरमा निर्वाचत भएका थिए ।
नेपाली काँग्रेसका कनोडियाभन्दा ३ हजार ७ सय ८५ बढी मत ल्याएर धवल विजयी भएका हुन् । डा. राणा तत्कालीन नेपालगन्ज नगरपालिकाको पूर्वमेयर समेत हुन् ।
नेपालगञ्ज उपमहानगरपालिकामा राप्रपाको तर्फबाट उम्मेदवार बनेका धवल शमसेर राणाले निर्वाचन जितेपछि उपमहानगरमा राप्रपाको यो पहिलो जीत भएको छ ।
मंगलबार बिहान २ बजेतिर घोषित अन्तिम मत परिणाम अनुसार उपमेयरमा नेपाली कांग्रेसका उमा थापामगरथापाले १० हजार ७ सय ३१ मत प्राप्त गरिन् । उनको निकटतम प्रतिद्धन्द्धी राप्रपाकी रमारानी बैश्यले ८ हजार ९ सय २४ मत ल्याइन् । कूल २३ वटा वडा रहेको उपमहानगरपालिकाका वडामा नेपाली कांग्रेसले वर्चश्व जमाएको छ ।

२०१८ जेठ १७ गते नेपालगञ्जमा जन्मेका राणाले अमेरिकाको वासिङटन विश्वविद्यालयबाट राजनीतिक शास्त्रमा विधाबारिधि गरेका छन् ।
राणाले यस भन्दा अगाडि नेपालगञ्ज नगरपालिकाको मेयर भएको बेलामा गरेका उदाहरणीय कार्यले पनि उनलाई यसपटक उपमहानगरको मेयरमा निर्वाचित हुन अझ सजिलो भएको र उपमहानगरवासीले राणाको अघिल्लो कार्यकालमा गर्न बाँकी रहेका कार्यहरु पूरा गर्ने विश्वास गरेका छन् ।






