Loading... आजः १४ बैशाख २०८३, सोमबार । Monday 27th April 2026
ताजा खबर
  

दाङमा लकडाउन सुरु भए यता ३२ ओटा बलात्कारका घटना

दाङ |

दाङमा लकडाउनको समयमा बलात्कारका घटना झनै बढेका छन् । इन्सेक दाङले गरेको सर्वेक्षणमा ३२ वटा बलात्कार, बलात्कारका प्रयास तथा यौन दुव्र्यवहारका घट्नाहरु घटेको जनाएको छ । इन्सेक दाङका अनुसार चैत ११ गतेदेखि असारको अन्त्यसम्म दाङमा भएका ६७ वटा मानवअधिकार उल्लघनका घट्नाहरु मध्य ३२ वटा बलात्कार तथा यौन जन्य घट्नाहरु घटेका हुन् ।

बन्दाबन्दीका क्रममा भएका सबैभन्दा धेरै बलात्कार तथा यौन दुव्र्यवहारका घट्नामा ४० जना महिलाहरु पीडित भएका इन्सेकका जिल्ला प्रतिनिधि जयनारायण पुनले जानकारी छन् । उनका अनुसार २०२० जनवरीदेखि जुनसम्म दाङमा बलात्कार, बलात्कार र यौन दुव्र्यवहारका घट्नाहरु २७ वटा भएका छन् । जसमा बलात्कारका घट्नाहरु २७ वटा, बलात्कार प्रयास १२ र ४ वटा यौन दुव्र्यवहारका घट्नाहरु भएका छन् ।

सात बर्षीय बालिकादेखि ६४ बर्षका ज्येष्ठ नागरिकहरु समेत बलात्कारमा परेको जिल्ला प्रतिनिधि जयनारायण पुनले बताए । इन्सेका अनुसार सन २०१९ को पहिलो ६ महिनामा ४२ वटा बलात्कार तथा प्रयासका घट्नाहरु घटेका थिए । विगतको तुलनामा बलात्कार तथा बलात्कारका प्रयासका घट्नामा कमी आउन नसकेको समेत उनले बताए ।

त्सैगरी बन्दाबन्दीकै सयमा घरेलु हिंसा ८ वटा, धम्की/कुटपिटका घट्ना ४ वटा, दुव्र्यवहारका घट्ना ३ वटा, सम्पती आगजनी, हत्या प्रयास, बालविवाह र आत्महत्या दुरुत्साहनका घट्नाहरु २/२ वटा तथा तोडफोड, घर निकाला र वेवारिसे सव फेला परेका १/१ घट्नाहरु घटेका छन् ।

बन्दीबन्दीको समयमा भएका ६७ वटा घट्नाहरुमा ५८ जना महिला र २५ जना पुरुषहरु गरि ८३ जना नागरिक पीडित भएका छन् । जसमा राज्यबाट ८ वटा, गैरराज्यकातर्फबाट ५६ वटा र अज्ञात समूहबाट ४ वटा घट्नाहरु भएको इन्सेक दाङले जनाएको छ ।

वितेको ६ महिनाको अवधिमा जिल्लमा घटेका १ सय २४ वटा मानवअधिकार उल्लंघनका घट्नाहरुमा बलात्कार र घरेलु हिंसाका २७/२७ वटा घट्नाहरु घरेको जिल्ला प्रतिनिधि पुनले जानकारी दिएका छन् ।

बलात्कारका २७ घट्नामा ४४ तथा घरेलु हिंसाका घट्नामा २७ जना पीडित भएका उनले बताए । उनका अनुसार बलात्कारका प्रयासमा १२ वटा, गैरकानुनी गिरफ्तारीका १७ वटा घट्ना, धम्की/कुटपिटका ९ वटा, दुव्र्यवहारका ५ वटा, यौन दुव्र्यवहार र सम्पति आगजानीका ४/४ वटा, बालविवाह, तोडफोड र उपभोक्ता अधिकारका ३/३ वटा घट्नाहरु भएका छन् ।

यसैगरी बन्द हड्ताल र आत्महत्या दुरुत्साहन २/२ वटा र हत्या, बेवारिसे शव, कथित बोक्सी आरोप, घर निकाला, जातिय भेदभाव र तालाबन्दीका १/१ वटा घट्नाहरु भएको इन्सेक दाङले जनाएको छ । जसमा ८२ जना महिला र ६६ जना पुरुष गरि १ सय ४८ जना व्यक्ति पीडित भएका छन ।

उक्त घट्नामा १ सय ३९ जना पीडकहरु रहेका छन् । १ सय २४ घट्नाहरु मध्य राज्यबाट २१ वटा, गैरराज्यबाट ९२ वटा र अज्ञात समूहबाट ११ वटा घट्नाहरु भएका छन । गएको बर्ष ६ महिनामा १ सय २३ वटा घट्नाहरु घटेको इन्सेकले जनाएको छ । विगतको तुलनामा यो वर्ष मानवअधिकार उल्लघनका घट्नामा कमी आउन नसकेको इन्सेकले जनाएको छ ।