Loading... आजः २६ बैशाख २०८३, शनिबार । Saturday 9th May 2026
ताजा खबर
  

३८१ जनामा कोरोना संक्रमण, १३० जना डिस्चार्ज

काठमाडौं ।

बुधबार नेपालमा ३८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या २१ हजार ३ सय ९० पुगेको छ ।

आइसोलेसनमा रहेकाहरुको संख्या ६ हजार १७४ रहेको छ । बुधबार कोरोना संक्रमण निको भई १३० जना डिस्चार्ज भएका छन् । हालसम्म १५ हजार १५६ जना डिस्चार्ज भएका छन् । हाल देशभरका क्वारेन्टिनमा ९ हजार ९२५ जना रहेका छन् ।