Loading... आजः ११ असार २०८३, बिहीबार । Thursday 25th June 2026
ताजा खबर
  

होटलमा काम दिन्छु भनेर बलात्कार

सल्यान |

होटेलमा काम दिने प्रलोभन देखाएर किशोरीमाथि बालात्कार गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन्।

जिल्लाको शारदा नगरपालिका-१ का ४५ वर्षीय हिमलाल बुढाथोकीले सोही नगरपालिका-१२ की १५ वर्षीया एक किशोरीलाई आफ्नो होटेलमा काम दिने प्रलोभन देखाएर बलात्कार गरेको प्रहरीले जनाएको छ।

साउन २३ गते बेलुका साढे ८ बजे बुढाथोकीले ती किशोरीलाई ललाइफकाई दारिमचौरको जंगलमा लगेर जबरजस्ती करणी गरेका थिए। प्रहरीमा जाहेरी परेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिए।

प्रहरीले बुढाथोकीलाई शनिबार पक्राउ गरे पनि आइतबार मात्रै जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालेको जानकारी दिएको छ।