राष्ट्रिय झण्डा जलाइएको भिडियो गीतको चर्को विरोध र कारबाहीको माग
काठमाडौं ।
सामाजिक संजालमा यतिबेला एउटा भिडिओको चर्को विरोध भइरहेको छ । मङ्गोल हप अफिसियल युट्युब च्यालनले पोष्ट गरेको एक भिडियोमा नेपालको राष्ट्रिय झण्डा जलाइएको दृश्य देखिन्छ ।
मङ्गोल हप अफिसियल युट्युब च्यालनमा आइतबार अपलोड भएको भिडिओमा विभिन्न समुदायलाई अश्लिल भाषामा गाली गरिएको छ ।
‘देशद्रोही’ बोलको गीतको भिडियोमा नेपालको झण्डा जलाइएको दृश्य छ भने जातीय हिंसा फैलाउन उक्साइएको छ । गीत र भिडियोलाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताले विरोध जनाउँदै तत्काल कारबाही प्रक्रिया अगाडि बढाउन अनुरोध गरेका छन् ।
भिडियो सार्वजनिक भएपछि मंगोल समुदाय लगायतले पनि गीतको विरोध गर्दै कारबाहीको माग गरेका छन् ।






