Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

कालिकोट पहिरोमा परि ४ जनाको ज्यान गयो

सुर्खेत ।
कालीकोटको तिलागुफा नगरपालिका –१ को नाग्म बजारमा आएको सुख्खा पहिरोमा परेर ४ जनाको ज्यान गएको छ । अन्दाजी १०–१५ मिटर माथिबाट आएको सुख्खा पहिरोमा ५ घर पुरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी निरीक्षक यक्षराम जोशीले बताउनु भयो ।
पहिरोमा परि ज्यान गुमाउनेहरुमा शुभकालिका गाउँपालिका कालिकोटका ५ वर्षिय निराजन शाही, ४० वर्षिया प्रयाग शाही, उनकी ८ वर्षिया छोरी हिमा शाही र २ महिनाका अक्कल शाही रहेको प्रदेश प्रहरी कार्यालय कर्णाली प्रदेश सुर्खेतका प्रहरी नायव उपरीक्षक (डिएसपी) लोकनाथ तिमिल्सेनाले जानकारी दिनु भयो ।


पहिरोमा परि घाइते हुनुभएका ११ वर्षीय बालक अर्जुन हमाल र ३५ वर्षीय महिला पुण्य शाहीलाई जीवितै उद्धार गरिएको छ । प्रदेश प्रहरी कार्यालय कर्णाली प्रदेश सुर्खेतका अनुसार जीवितै उद्दार गरिएका घाइतेलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा लगिएको छ । प्रहरीका अनुसार घाइतेहरुको अवस्था सामान्य छ ।

डिएसपी तिमिल्सेनाका अनुसार कालिकोट र जुम्लाबाट ३२ जनाको प्रहरी टोली र २६ जनाको शसस्त्र प्रहरी टोली घटनास्थल पुगेर उद्दारको काम गरिरहेको छ । घटनास्थल जुम्ला र कालीकोट जिल्लाको सिमाना नजिक कर्णाली राजमार्गको कालीकोट सडक खण्डमा पर्दछ ।