मुलुकभर १ हजार ६९ जना कोरोना संक्रमित थपिए
काठमाडौं ।
पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मङ्गलबारको नियमित प्रेस ब्रीफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १२ हजार ८८ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ६९ जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभएको हो ।
यो सङ्गै हालसम्म मुलुकभर कोरोना संक्रमितको जम्मा संख्या ४० हजार ५ सय २९ पुगेको छ । पुगेको छ ।
पछिल्लो २४ घण्टामा ७ सय ६८ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् भने हाल सम्म कोरोना निको भई डिस्चार्ज हुनेको संख्या २२ हजार १ सय ७८ पुगेको छ ।






