Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

कारागारमा झडप दुईजना घाइते

सुर्खेत ।
सुर्खेत कारागारमा कैदीबन्दीबीच झडप हुँदा दुईजना घाइते भएका छन् । शेरबहादुर महतारा र सुनिल मल्लबीच सामान्य विषयमा विवाद हुँदा झडप भएको हो ।

उक्त झडपमा मल्लको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ । झगडा छुटाउन गएका अर्का कैदी असिम खत्री पनि सामान्य घाइते भएका छन् । महतारा लागुऔषध र मल्ल जवरजस्ती करणी मुद्दामा कैद भुक्तानी गरिरहेका छन् । अहिले कारागारको स्थित सामान्य रहेको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए ।