Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

भोलि ४ घण्टा सुर्खेतको वीरेन्द्रनगरमा विद्युत अवरूद्ध हुने

सुर्खेत ।

नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र सुर्खेतले भोलि बिहान ८ बजेदेखि १२ बजेसम्म मगलगढीदेखि लाटिकोइलीसम्म र एरीचौक– भैरवस्थान देखी पश्चिमका क्षेत्रहरुमा विद्युत अवरुद्ध हुने जनाएको छ ।

नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र सुर्खेतले बुधरबार सूचना जारी गर्दै मंगलगढीदेखि लाटीकोइली सम्मको सडक निमार्ण कार्य भइरहेको हुँदा किनारामा रहेको वीद्युतीय संरचना स्थानान्तरण तथा ११ के.भी. नयाँ लाइन निमार्ण र बुलबुले फिडर सटडाउन गर्नुपर्ने कारण देखाउँदै सेवा अवरुद्ध हुने जानकारी दिएको हो ।  सेवा अवरुद्ध भएको प्रति ग्रहाक समक्ष ने.वि.प्रा. ले क्षमा मागेको छ ।