Loading... आजः २९ बैशाख २०८३, मंगलवार । Tuesday 12th May 2026
ताजा खबर
  

राप्रपाले तोक्यो संयोजक : ६ नम्बरमा गिरी

१५ भदौ ।

प्रेम बि.सी,

सुर्खेत राप्रपाका जुझारुक ,लगनशील युवानेता मुकुन्दश्याम गिरी लाई प्रदेश न.६ को संयोजक को जिम्मेवारी प्रदान गरिएको छ । राप्रपाका अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको कार्य सम्पादन समिति र पदाधिकारीहरुको संयुक्त बैठकले प्रदेश न. ६ सहित सातै वटा प्रदेशमा संयोजक तोकेको हो । प्रदेश न. ६ का संयोजक मुकुन्दश्याम गिरी राप्रपा र राप्रपा नेपाल एकिकरण अघि राप्रपा नेपालका सहायक महामन्त्री रहेका थिए भने हाल पार्टी को केन्द्रिय सदस्य रहेका छ । सुर्खेत को राजनीति क्षेत्र मा एकदमै चर्चित नाम रहेका मुकुन्दश्याम गिरीले प्रदेश न. ६ मै राप्रपा लाई एउटा बलियो शक्ति रुपमा स्थापित गर्ने दाबी गरेका छ्न ।

बि.स. २२२९ साल देखि विद्यार्थी राजनीति बाट सुरु गरेका गिरी ले निरन्तर आफ्नो जीवन पार्टी र राजनिती क्षेत्र मै बिताइ रहेक छ्न । त्यसैगरी केन्द्रिय कार्य सम्पादन को बैठक ले प्रदेश न. ६ को संयोजक मा मुकुन्दश्याम गिरी ज्यु लाई तोके संगै प्रदेश न.१ को संयोजक मा पार्टीका महामन्त्री राजेन्द्र लिङ्गदेन, प्रदेश २ मा केन्द्रीय सदस्य गंगा प्रसाद यादव, प्रदेश ३ मा उपाध्यक्ष बुद्धिमान तामाङ्ग, प्रदेश नम्बर ४ मा सहमहामन्त्री हेमजंग गुरुङ्ग, प्रदेश नम्बर ५ मा महामन्त्री डा.धवलशम्शेर जबरा र प्रदेश ७ मा महामन्त्री जयन्त चन्द लाई तोकिएका छन् ।

राप्रपा बैठकले ७५ जिल्लाको संगठनात्मक अवस्था, २ नं. प्रदेशको निर्वाचनको तयारी, प्रदेश र संघको निर्वाचनको रणनीति, वडा वडामा राप्रपा, मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा, स्थानीय तहका अध्यक्षहरुको सम्मेलन, बृहत सनातन धर्म सम्मेलन, प्रशिक्षण कार्यक्रम, भातृ संगठनको अधिबेशन, हिन्दुत्व जागरण सभा लगायतका कार्यक्रमहरुका विषयमा विस्तृत छलफल गरेको प्रवक्ता भुवन पाठकले जानकारी दिए ।