प्रसिद्ध मानवअधिकार अभियन्ता अग्निवेशको निधन
प्रसिद्ध आर्य समाजी, मानवअधिकार अभियन्ता स्वामी अग्निवेशको निधन भएको छ । ८१ वर्षीय अग्निवेशको शुक्रबार भारतको राजधानी नयाँदिल्लीस्थित एक अस्पतालमा निधन भएको हो । उनलाई (लिवर) कलेजोमा समस्या देखिएपछि सोमबार अस्पताल भर्ना गरिएको थियो ।

उनको उपचारमा संलग्न चिकित्सकहरुका अनुसार अन्तिममा अग्निवेशका प्रमुख अंगहरुले काम गर्न छोडेपछि भेन्टिलेटरमा राखिएको थियो । चिकित्सकहरुको बचाउने अन्तिम प्रयास विफल भएको थियो । सन् १९३९ सेप्टेम्बर २१ म जन्मिएका अग्निवेश भारतका प्रसिद्ध मानवअधिकार अभिन्यता हुन् । स्वामी अग्निवेशको मुक्तिमोर्चा र विश्वव्यापी आर्य प्रतिष्ठानसभाका कार्यावहाक अध्यक्ष स्वामी आर्यवेशका अनुसार शनिबार बिहान ११ बजेदेखि अपरान्ह २ बजेसम्मको उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि दिल्लीको जन्तरमन्तर रोडस्थित कार्यालयमा राखिनेछ ।







