Loading... आजः ११ असार २०८३, बिहीबार । Thursday 25th June 2026
ताजा खबर
  

विश्वविद्यालयमा पनि छिर्यो कोरोना

सुर्खेत ।
मध्यपश्चिमाञ्चल विश्व विद्यालयका पदाधिकारीमा कोरोना पुष्टी भएपछि एकसाताका लागि प्रशासनिक भवन सील गरिएको ५ । डीन कार्यालयका एक जना पदाधिकारीलाई कोरोना संक्रमण पुष्टी भएपछि विश्व विद्यालयको प्रशासनिक काम सात दिन बन्द हुने भएको हो ।

सोमबारदेखि असोज ४ गतेसम्म विश्व विद्यालयको केन्द्रीय कार्यालय र डीन कार्यालयहरुका सम्पूर्ण सेवाहरु बन्द गरिएको विश्वविद्यालयले जारी गरेको सूचनामा उल्लेख छ । निकायहरुमा कार्यरत पदाधिकारी, शिक्षक, कर्मचारीहरुलाइ निकायका प्रमुखसँगको सम्पर्कमा रही घरबाटै काम गर्न भनिएको छ ।