Loading... आजः २५ बैशाख २०८३, शुक्रबार । Friday 8th May 2026
ताजा खबर
  

काँक्रेविहार मिडियाद्वारा केन्द्रिय सदस्यलाई बधाई ज्ञापन

नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशनबाट निर्वाचित केन्द्रिय सदस्य कलेन्द्र सेजुवाललाई एक औपचारिक कार्यक्रमको आयोजना गरी बधाई ज्ञापन गरेको छ ।

पत्रकार कलेन्द्र सेजुवाल प्रदेश नं. ६ बाट केन्द्रिय सदस्यमा निर्वाचित हुनुभएको हो । बधाई ज्ञापन कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ शाखा सुर्खेतका अध्यक्ष गणेश कञ्चन भारतीले भन्नुभयो – सम्पूर्ण श्रमजीवि पत्रकारहरुको हक हितका लागि केन्द्रिय समितिको तर्फबाट गर्नु पर्ने कार्य गर्नुहोस् र अनि तपाईको कार्यकाल पूर्ण रुपमा सफल हुन्छ ।

विशेष अतिथिको आशनबाट बोल्दै केन्द्रिय सदस्य सेजुवालले भन्नुभयो – म जुन पदमा पुगेको छु त्यो पदमा पु¥याउन सहयोग गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु । साथै समग्र प्रदेश नं. ६ मा रहेर कार्य गरिरहेका पत्रकारहरुको हक हितको लागि आफूले गर्नु पर्ने कुनै कार्यमा पछि नपरेर काम गर्नेछु । त्यसको लागि पत्रकार महासंघका जिल्ला शाखाहरुसँग पनि समन्वय गरी कार्य अघि बढाउनेछु । निर्वाचित पदाधिकारी भइसकेपछि यो वा त्यो भन्दा पनि समग्र पत्रकारहरुको हक हितका लागि कार्य गर्नेछु सेजुवालको कथन थियो । सेजुवाल नागरिक पश्चिमेलीका सम्पादक समेत हुनुहुन्छ ।

काँक्रेविहार मिडिया प्रा.लि. का अध्यक्ष सुशिल शर्माले श्रमजिवी पत्रकारितामा मै लामो समय काम गरेकोले श्रमजिवी पत्रकारको पक्षमा रहेर केन्द्रिय सदस्यले काम गर्नेमा आफू विश्वस्त रहेको बताउनु भयो ।
कार्यक्रम काँक्रेविहार मिडिया प्रा.लि. का अध्यक्ष सुशिल शर्माको अध्यक्षतामा भएको थियो ।

समाचार