राप्रपा (प्रजातान्त्रिक) सुर्खेतको जिल्ला भेला भोलि
राष्ट्रिय प्रजातन्त्र पार्टी ( प्रजातान्त्रिक) को सुर्खेत जिल्ला भेला भोलि (भाद्र २६ गते) स्थानीय घण्टाघर पार्कको सभा हलमा हुने भएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी ( प्रजातान्त्रिक) का महामन्त्री ध्रुब बहादुर प्रधानले सम्बोधन गर्ने उक्त भेला सम्पूर्ण तयारी भइसकेको राष्ट्रिय प्रजातन्त्र पार्टी ( प्रजातान्त्रिक) सुर्खेतले जनाएको छ । राप्रपा नेपाल र राप्रपा दुई पार्टी बीच एकिकरण भएको केही समयमा नै पार्टी नेतृत्वले सबैको भावनालाई समेटेर जान नसकेको अनि पार्टीको सिद्धान्तलाई नै ओझेल पार्न खोजेकोले वर्तमान राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दु राष्ट्र र राजतन्त्रको बारेमा वकालत गर्न नसक्ने भन्दै राप्रपा भित्र विवाद शुरु भएको थियो ।
त्यसको लगतै पशुपति शमसेर राणाको नेतृत्वमा राष्ट्रिय प्रजातन्त्र पार्टी ( प्रजातान्त्रिक) गठन भए पश्चात सुर्खेतमा विशेष जिल्ला भेलाको आयोजना गरिएको राष्ट्रिय प्रजातन्त्र पार्टी ( प्रजातान्त्रिक) सुर्खेतले बताएको छ ।

भेलामा नेता तथा कार्यकर्ताहरु विचलित हुन नदिने, पार्टीका नेता तथा कार्यकर्ताहरुलाई पार्टीको सिद्धान्त र कार्यदिशाका बारेमा स्पष्ट पार्ने लगायतका महत्वपूर्ण विषयमा छलफल हुने बताइएको छ ।
देश र जनताले वैकल्पिक शक्तिको खोजि गरिरहेका बेलामा पार्टी नीति, सिद्धान्त र विचारलाई जिल्ला जिल्ला हुँदै गाउँ गाउँमा पु¥याउने अभियानमा पार्टी अगाडि बढिसकेकोले अब राष्ट्रिय प्रजातन्त्र पार्टी ( प्रजातान्त्रिक) लाई कसैले रोक्न र छेक्न सक्दैन । पार्टी स्पष्ट नीति र खाका लिएर जनता माझ जान्छ र जनताको माया र विश्वास पाएर आगामी दिनमा अगाडि बढ्छ राष्ट्रिय प्रजातन्त्र पार्टी ( प्रजातान्त्रिक)का जिल्ला नेता कविराम पुरीले क्वीकखबरलाई बताउनु भयो ।






