निजि क्षेत्र धरासायी भएपछि मनदुरले रोजगारी गुमाए
सुर्खेत ।
निजी क्षेत्र धरासयी भएकाले मजदुर हरुले रोजगारी गुमाउनु परेको एक कार्यक्रमका सहभागीहरुले वताएका छन् । नेपाल ट्रेड युनियन काग्रेस कर्णाली प्रदेश कमीटीले आयोजना गरेको सरोकारवाला संग सामाजिक संरक्षण तथा न्यूनतम ज्याला सम्वन्धी छलफल कार्यक्रमका सहभागीहरुले यस्तो वताएका हुन् ।

कोरोनाले सम्पूर्ण उद्योगी व्यवसायी मारमा परेकाले त्यसको प्रत्यक्ष असर मजदुर वर्गमा परेको उनीहरुको भनाई छ । सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धन वहादुर रावतले कोरोनाले सम्पुर्ण व्यवासय धरासायी भएको वताए । व्यवसाय धराप भएपछि यसको प्रत्यक्ष असर मजदुरमा परेको उनको भनाई थियो ।
आफ्ना मजदुरको संरक्षण गरिरहेको भएपनि व्यवसाय सञ्चालन नहुदा व्यवासायीलाई समस्या सिर्जना भएको वताए । ठुला उद्योग नभएपनि केही सख्यामा रोजगारी सिर्जना गरेको निजि क्षेत्रले कोरोनाले गर्दा थप समस्या सिर्जना गरेको वताए । साना उद्योग सञ्चालनमा कच्चा पदार्थ अभावले समेत रोजगारदातामा समस्या सिर्जना भएको वताए । यस क्षेत्रमा रोजगारी सिर्जना गर्दे आएका उद्योगी व्यवसायीलाई समेत भएकाले उनीहरुको संरक्षण गरि यस क्षेत्रमा रहेका मजदुरलाई समेत सहयोग गर्नु पर्ने वताए । सरकारले उद्योगी संरक्षणको निति तयार पारी ति उद्योगमा कार्यरत मजदुरको समेत रोजगारी सुरक्षा गर्नु पर्ने उनको भनाई थियो । सुर्खेत काक्रेविहार यातायात प्रालिका अध्यक्ष रमेश सापकोटाले सरकारले यातायात मजदुरका संरक्षण व्यवासयीले गरे पनि प्रयाप्त नभएको वताए । उमेर हुदा सम्म उनीहरुले काम गर्ने र पछि उनीहरुलाई समस्या सिर्जना हुने वताए । सरकारले यातायात क्षेत्रका मजदुरको विमा , स्वास्थ्य र शिक्षाको व्यवस्था गरिनु पर्ने वताए यसका लागी उनीहरुले काम गर्दाको रकम जम्मा गरिनु पर्ने वताए । यातायात क्षेत्रका मजदुरले सामाजिक सुरक्षा कार्यक्रमको समेत जानकारी नभएकाले ति क्षेत्र संग समवन्धीत कार्यलय प्रशिक्षण गर्नुपर्ने वताए ।
श्रमीकले पाउनु पर्ने ज्याला समयमा दीनुपर्ने तथा सरकारले समयमा निति कार्यन्वयन नगर्दा मजदुर हरु थप समस्यामा परेको नेपाल ट्रेय युनियन महासंघ जिफन्टका कर्णाली प्रदेश अध्यक्ष तेज प्रकाश जिसीले वताए । श्रमीकको सवालमा आफुहरुले आवाज उठाएपनि सरकारले मजदुरका कुरामा ध्यान नदीएको वताए ।
कर्णाली प्रदेश सभा सांसद ठम्मर विष्टले श्रम ऐन निर्माणमा तथा आफुहरु सधै श्रमीकको हक हीतको पक्षमा रहेको वताए । कर्णालीमा वन्ने श्रमीक समवन्धी ऐन नियम सधै श्रमीकै पक्षमा निर्माण गरिने उनको भनाई थियो । नेपाल ट्रेड युनियन काग्रेस कर्णाली प्रदेशका अध्यक्ष गोपाल कृष्ण गीरीले कोरोनाले वेरोजगार भएका मजदुरलाई रोगले भन्दा पनि भोकले मर्ने समस्या भएकाले समवन्धीत निकायले त्यस तर्फ ध्यान दीन आग्रह गरे ।
्






