Loading... आजः २२ असार २०८३, सोमबार । Monday 6th July 2026
ताजा खबर
  

गुणस्तरिय शिक्षा र उपलव्ध स्रोत साधनबाट एमयूको विकासमा लाग्छु : नवनियुक्त रजिष्टार

सुर्खेत ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका नवनियुक्त रजिष्टार डा. नारायण पौडेलले गुणस्तरिय शिक्षा र उपलव्ध स्रोत साधनबाट विश्वविद्यालयको विकासमा योगदान गर्ने बताएका छन् । विश्वविद्यालयका समस्या र जटिलाताहरुको अध्ययन गरेर आगामी कार्ययोजना बनाएर अघि बढ्ने पनि उल्लेख गरेका छन् ।

एमयूले उत्पादन गरेको जनशक्तिलाई विक्ने खालको शिक्षा प्रदान गर्नमा लागि पर्ने पौडेलको भनाई छ । ‘सबै पक्षसँग बसेर सुझावका आधारमा विश्वविद्यालयको गतिलाई प्रभावकारी बनाउनेछु’ पौडेलले भने ।

पौडेललाई विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार रजिष्टारमा नियुक्त गरेका हुन् ।

सुर्खेत स्थायी ठेगाना भएका पौडेलको कार्यकाल चार वर्षे रहनेछ । काठमाडौं विश्वविद्यालयमा १० वर्ष र वीरेन्द्रनगर बहुमुखी क्याम्पसमा ६ वर्ष प्रध्यापन गरेका पौडेल ईमान्दार र लगनशील रहेको उनका सहपाटी सुशील केसी बताउँछन् ।

विश्वविद्यालयका नवनियुक्त रजिष्टार पौडेल मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा व्यवस्थापन संकायको प्राध्यापकको रुपमा कार्यरत समेत थिए । विश्वविद्यालय अन्तरगत मुसुममा निर्देशकको रुपमा काम गरेका पौडेल व्यवस्थापन संकायको एमफील र पीएचडी कार्यक्रमको निर्देशकको रुपमा पनि काम गरिसकेका छन् ।

रजिष्टार नियुक्तीसँगै अब विश्वविद्यालयका रिक्त रहेका विभिन्न संकायको डीन नियुक्तीको बाटो खुलेको छ । यसअघि रजिष्टार डा. महेन्द्रकुमार मल्लको असार २९ गते अवधि सकिएको थियो ।

तर तत्कालिन विश्वविद्यालयका पदाधिकारीलाई मल्ललाई जिम्मेवारीबाट हटाएर सहप्राध्यापक यामबहादुर कार्कीलाई निमित्त रजिष्टारको जिम्मेवारी दिइएको थियो । नेपाल कम्युष्टि पार्टी (नेकपा) निकट पौडेललाई साविक माओवादीको कोटाबाट रजिष्टार नियुक्त गरिएको विश्वविद्यालय स्रोतले जनाएको छ ।

नेपाली रैबार