Loading... आजः १८ बैशाख २०८१, मंगलवार । Tuesday 30th April 2024

संगठन विस्तारमा जुट्यो राप्रपा (प्रजातान्त्रिक)

सुर्खेत ।
राप्रपा नेपाल र राप्रपा एकिकरण पश्चात बनेको राष्ट्रिय प्रजातन्त्र पार्टी धेरै लामो समयसम्म टिक्न सकेन । एकिकरण भएको केही महिनामा नै पार्टी फुटेर बनेको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) यतिबेला संगठन विस्तार गर्ने क्रममा गाउँपालिका देखि नगरपालिकासम्म पुग्न थालेको छ ।


यसैक्रममा भेरीगंगा नगरपालिकाको छिन्चुमा एक विशेष भेलाको आयोजना गरि कार्यकर्ताहरुलाई एकत्रित पार्दै एक औपचारिक कार्यक्रम सम्पन्न भएको छ ।

केन्द्रिय सदस्य बसन्त कुमार थापाको प्रमुख आतिथ्यता एवम् कालीबहादुर चन्दको अध्यक्षतामा भएको भेलाले दशैंको शुभकामना आदानप्रदान समेत गरेको छ ।

कार्यक्रममा शुभकामना मन्तव्य दिँदै पूर्व जिविस सभापति समेत रहेका बसन्त कुमार थापाले भने – एकलौटी रुपमा पार्टी संचालन गर्न खोज्ने र अन्य नेता तथा कार्यकर्ताहरुको अस्तित्व मात्र नभई पार्टीको सिद्धान्त र एजेण्डालाई समेत धरापमा पार्ने कार्य गर्न खोजेकोले पार्टी बाध्य भएर सिद्धान्तको रक्षार्थ फुट्नु परेको हो । यो रहर वा पद नपाएर नभई बाध्यता हो उनको कथन थियो ।

कार्यक्रममा पार्टीका विभिन्न भातृ संगठनका प्रमुख एवम् पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो ।