Loading... आजः १४ आश्विन २०८३, बुधबार । Wednesday 30th September 2026

कर्णाली प्रदेशमा संसदीय दलको नेता माथि अविश्वास प्रस्ताव

सुर्खेत ।

कर्णाली प्रदेशमा नेकपाका संसदीय दलको नेता माथि महेन्द्र बहादुर शाही माथि अविश्वास प्रस्ताव राखेका छन् । सत्तारुढ दलका १८ जना सांसदहरुले अविश्वासको प्रस्ताव दलका प्रमुख सचेतक गुलावजंग शाहलाई बुझाएका छन् भने मुख्यमन्त्री शाहीलाई बोधार्थ दिएका छन् । उनीहरुले पार्टीको प्रदेश कमिटीलाई जानकारी दिएको उल्लेख गरेका छन् ।

अविश्वासको प्रस्तावमा दस्तखत गर्ने सांसदहरुमा यामलाल कंडेल, चक्रबहादुर शाही, करवीर शाही, कुर्मराज शाही, अम्मर बहादुर थापा, सुशील कुमार थापा, मीना सिंह रखाल, दानसिंह परियार, पदमबहादुर रोकाया, पदमा खड्का, कौसिलावती खत्री, पुष्पा घर्ती (विष्ट), राजु नेपाली, धर्मराज रेग्मी, खड्कबहादुर खत्री, ठम्बर बहादुर विष्ट, पदमी क्वारी बोहोरा र देवी रहेका छन् ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भने यो अविश्वासको प्रस्ताव सरकार विरुद्ध नभई संसदीय दलको नेता विरुद्धको भएको बताउनु भएको छ । हस्ताक्षर अभियान चलेपछि मुख्यमन्त्री शाहीले पार्टीभित्रको आन्तरिक समस्या छलफलबाटै हल हुने बताउनु भयो । मुख्यमन्त्री शाहीले भन्नुभयो, ‘हस्ताक्षर अभियान सरकारविरुद्ध हैन, संसदीय दलको नेताविरुद्ध हो ।’

सरकारविरुद्ध प्रस्ताव आएको भए राजीनामा दिने या प्रस्ताव फेस गर्ने भन्ने कुरा हुन्थ्यो । अब पार्टीभित्रै छलफल गरेर समस्या समाधान हुने उहाँको भनाई छ । दलको कुरा भएका कारण अहिले नै धेरै कुरा बोल्न आवश्यक छैन । केही दिनमै बैठक बसेर यसको समाधान खोज्छौं मुख्यमन्त्री शाहीको बताउनु भयो ।

No photo description available.

No photo description available.