Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

महाशंकटमा समेत जनप्रतिनिधिले सुविधा छोडेनन् : महामन्त्री खड्का

सुर्खेत |

 नेपाली काग्रेसका प्रभावसाली नेता एवं माहामन्त्री पुर्ण बहादुर खड्काले प्रदेश सरकार देखि केन्द्र सरकार सम्मले यस्तो कोरोनाको माहामारि र शंकटमा समेत जनप्रतिनिधिहरुले आफ्नो सुविधामा केन्द्रित हुनु दुर्भाग्य रहेको भन्दै आफ्नो फेसबुक स्टेटस मार्फत असन्तुष्टि ब्यक्त गरेका छन् ।

महामन्त्री खड्काद्वारा कर्णाली प्रदेश सरकारलाई कोरोना संक्रमणबाट सुरक्षित तथा सतर्क रहन आग्रह

महामन्त्री खड्काले सत्ताधारि पार्टी विगतको ७ महिनादेखि सत्ताको आन्तरिक छिनाझप्टि र लुछा चुडिमा ब्यस्त भएको सरकारलाई न जिम्मेवारिको  बोध छ, न जनतालाई कुनै भरोसाको सन्देश छ भन्दै असन्तुष्टि ब्यक्त गरेका छन् ।

कोरोना महामारीका कारण लामो समय देखि बन्दाबन्दी र निषेधाज्ञाले सबै क्षेत्रमा पर्न गएको घाटालाई मध्यनजर राखी सरकारद्वारा राहत प्याकेज उपलब्द गराऊनुको सट्टामा जनप्रतिनिधि तलबको नाममा विविन्न दशैं भत्ता लिनु असन्तुष्टि ब्यक्त गरेका छन् l

फेसबुक स्टेटस :

कोभिड संक्रमणको महामारिले सिङ्गो देश आक्रान्त छ, सरकार कुम्भकर्ण निन्द्रामा तर आन्तरिक धन्दामा ब्यस्त छ ! न जनताको चिन्ता छ, नत देशको नै ? सत्ताधारि पार्टी ७ महिनादेखि सत्ताको आन्तरिक छिनाझप्टि र लुछाचुडिमा ब्यस्त छ !
यो बिपत्तिको कहरमा जनताका लागि खोई प्रधानमन्त्री ? खोई सरकार ? खोई राहत प्याकेज ?
न जिम्मेवारि बोध छ ? न जनतालाई कुनै भरोसाको सन्देश छ ! यो अकर्मण्यता , यो मौनता दुर्भाग्यपूर्ण
कोरोना महामारीबाट आफू बचौ, अरुलाई पनि बचाऔ l सबैलाई सक्दो सहयोग गरौ

Related Posts