कस्तो सपना देखे कस्तो फल प्राप्त हुन्छ ?
सपना देख्नु एउटा स्वस्थ व्यक्तिको आवश्यक प्रक्रिया हो । हरेक व्यक्तिले सुतेको समयमा सपना देख्नु एक सामान्य कुरा हो। सपनाको प्रकृति भने फरक–फरक हुन्छन् जीवनको अनुभव, असफल काम, चाहना, आफ्नो जीवनमा परेका दुःखद घटना आदिका आधारमा मानिसले सपना देख्ने गर्छ ।
कहिलेकाहीँ मानिसले कसैसँग शारीरिक सम्पर्कमा रहँदै गरेको पनि सपना देख्ने गर्छ । प्रायः युवाअवस्थामा यस्तो सपना देखिने गर्छ । जसलाई ‘नाइट फल’ पनि भनिन्छ । यस्तो सपनाले के संकेत गर्छ त ?
शारीरिक सम्पर्कको सम्बन्धमा सपना देख्नु आमविषय हो । यस्तो सपनाले कामेच्छाको संकेत दिन्छ । यस्तो सपनाको अर्थ हुन्छ कि तपाईंले प्रयास गरे पनि सम्भोगको आवश्यकता पूरा गर्न पाउनुभएको छैन । तपाईंको मस्तिष्कले दिएको संकेत यही हो । यस्तो सपनापछि आफ्नो दिमागलाई शान्त राख्ने प्रयास गर्नुपर्छ ।
कहिलेकाहीँ मानिसले अपरिचित व्यक्तिसँग पनि सम्भोग गरेको सपना देख्छन् । कुनै परिचित मानिसको स्वभाव वा व्यवहारबाट प्रभावित भएको अवस्थामा पनि यस्तो सपना देखिन्छ । या, अरू कोहीजस्तो बन्न चाहेको अवस्थामा देखिन्छ । त्यसैले यस्तो सपनाबाट बच्न आफ्नो व्यवहार सुधार्ने प्रयास गर्न आवश्यक हुन्छ ।
कहिलेकाहीँ आफ्नो मालिकसँगसमेत सम्भोग गरेको सपना देख्छ मानिस । यस्तो सपना देखेमा मालिकबाट टाढा हुनुपर्छ भन्ने भ्रम पाल्नुहुँदैन । कुनै अफिसमा काम गर्ने मानिसलाई यस्तो सपना देख्नुलाई सामान्य रूपमा नै लिइन्छ । यसको अर्थ हुन्छ कि सम्बन्धित व्यक्ति मालिकसँगै धेरै कुरा सिक्न चाहन्छ वा नयाँ प्रकृतिको सम्बन्ध कायम गर्न इच्छा राख्छ ।
कुन सपना देख्दा कस्तो फल पाइन्छ ?
खुल्ला ढोका देखेमा: मित्रतामा वृद्धि
ऊँट देखेमा: धन प्राप्ति
ओछ्यान लाएको देखेमा: दीर्घायु र सुख प्राप्ति
कपास देखेमा: अरोग्यता
किला ठोकेको देखेमा: बुढो मान्छेबाट लाभ
घर बनाएको देखेमा: प्रसिद्धि प्राप्ति
औंठी लगाएको देखेमा: धनलाभ र प्रसन्नता
कपाल देखेमा: धनलाभ
घोडा देखेमा: संकट नाश
कपाल कोरेको देखेमा: ऋणबाट मुक्त
बाली उठाएको देखेमा: अवैध धन प्राप्ति
घोडा चढेको देखेमा: ठूलो पद पाउनु
भर्याङ देखेमा : सुख सम्पत्तिमा वृद्धि
ओढ्ने कम्बल: देखेमा बदनाम हुनु
रातो फूल देखेमा: भाग्योदय
कोइला देखेमा: झगडा हुनु
आकाश देखेमा: ऐश्वर्य सन्तान लाभ
घाँसको मैदान: देखेमा विद्वता बढ्नु
कुवाको पानी देखेमा: सन्यासी बन्नु
मरेको मान्छेसँग कुरा गरेमा: मनोकांक्षा पुरा हुने
सुपारी खाएमा: रोगबाट मुक्ति
पत्र पढेको देखेमा: नयाँ समाचार
बजार देखेमा: दरिद्र हट्ने
गाइ देखेमा: लाभ
सेतो फूल देखेमा: दुःख हट्ने
बादल देखेमा: चिन्ता
शव देखेमा: रोगबाट मुक्ति
एजेन्सी।







