Loading... आजः १० बैशाख २०८३, बिहीबार । Thursday 23rd April 2026
ताजा खबर
  

वीरेन्द्रनगरको ९ नं. वडाको दक्षिण क्षेत्रमा प्रहरी विट स्थापना

सुर्खेत ।

वीरेन्द्रनगर नगरपालिका वडा नं. ९ को दक्षिण क्षेत्र चाँदन चौकीमा आज प्रहरी विटको स्थापना गरिएको छ । वीरेन्द्रनगर नगरपालिका ९ नं. वडा कार्यालयको सहयोगमा चाँदन चौकीमा सुरक्षा दृष्टीकोणलाई मध्यनजर गर्दै प्रहरी विटको वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख देवकुमार सुवेदी र जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक राजेन्द्र प्रसाद भट्टले संयुक्तरुपमा प्रहरी विटको उद्घाटन गर्नुभएको हो ।

No description available.

कार्यक्रमका प्रमुख अतिथी नगरप्रमुख सुबेदीले प्रहरी विट स्थापना भएसंगै अब यो समाजमा रहेका विकृति र विसंगती कमी आउने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो “नगरको प्रमुख पर्यटकिय वडा रहेको यो वडामा पर्यटकहरु भित्र्याउनकालागि पनि सुरक्षा व्यवस्थामा ध्यान दिइएको हो ।” त्यस्तै जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक राजेन्द्र प्रसाद भट्टले शान्ति सुरक्षाकालाग प्रहरी नागरिकको सहकार्य हुन जरुरी रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो “प्रहरी एक्लैले सुरक्षा गर्न सक्दैन त्यसकालागि नागरिक साथ नितान्त आवश्यक रहेको हुन्छ ।” ९ नं. वडाका वडा अध्यक्ष सुरेश मानन्धरले वडामा रहेका नागरिकहरुको सुरक्षा एवंम् वडामा रहेका पर्यटकिय क्षेत्रहरु काँक्रेविहार शिवमन्दीर अँधेरी गुफा र देउती बज्यैको मुल मन्दीरमा पर्यटकको सुरक्षाकालागि हामीले १ बर्ष अगाडी वडाको लाटीकोइलीमा अस्थाई प्रहरी विट स्थापना गरेका थियौ अहिले अझै विस्तृत सुरक्षाकालागि वडाको दक्षिण क्षेत्रमा प्रहरी विट स्थापना गरेको बताउनुभयो ।

No description available.

कार्यक्रममा प्रहरी विट राख्नकालागि जग्गा प्रदान गर्नुहुने स्थानीय ललिता शाहलाई सम्मान गरिएको थियो । वीच टोल विकास संस्थाका अध्यक्ष सुजा रोकायले स्वागत गर्नुभएको कार्यक्रमको संचालन राधा विकले गर्नुभएको थियो ।