Loading... आजः २६ बैशाख २०८३, शनिबार । Saturday 9th May 2026
ताजा खबर
  

देउवा सरकारलाई समर्थन गर्ने राप्रपाको निर्णय

२३ असोज, काठमाडौं ।

राप्रपाले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई समर्थन गर्ने निर्णय गरेको छ । साथै चुनावमा कांग्रेससहितका दलसँग तालमेल गर्ने भएको छ ।

विपक्षी दलसँग गरेको चुनावी सहकार्य र एकता गर्ने माओवादी केन्द्रको निर्णयले सरकार अल्पमतमा पर्ने र प्रतिनिधिसभा र प्रदेशसभा चुनाव नै धरापमा पर्न सक्ने राप्रपाको ठहर छ ।

सरकारलाई समर्थन गरे सँगै राप्रपा पनि सरकारमा जाने भएको छ । पार्टी अध्यक्ष कमल थापाको नेतृत्वमा सरकारमा जाने राप्रपाले निर्णय समेत गरिसकेको छ । कमल थापा गृहमन्त्री बन्ने करिब करिब निश्चित जस्तै भएको छ ।

 

राप्रपा कार्यसम्पादन समितिको बैठकले चुनाव सुनिश्चित गर्न सरकारलाई समर्थन गर्ने निर्णय गरेको छ ।