Loading... आजः ९ बैशाख २०८३, बुधबार । Wednesday 22nd April 2026
ताजा खबर
  

मोटरसाईकलको ठक्करबाट बालकको मृत्यु

आफन्त आन्दोलित, कर्णाली राजमार्ग बन्द

सुर्खेत ।

वीरेन्द्रनगर सुर्खेतमा मोटरसाईकलको ठक्करबाट एक बालकको मृत्यु भएपछि आफन्त आन्दोलित भएका छन् । उनीहरुले सडकमा टायर बालेर कर्णाली राजमार्ग बन्द गर्दै न्यायको माग गरिरहेका छन् ।

मंगलबार वीरेन्द्रनगर १ बस्ने ३ वर्षिय बालक समीर नेपालीलाई मोटरसाईकलले ठक्कर दिएको हो । मोटरसाईकलको ठक्करबाट बालकको मृत्यु भएपछि मृतक बालकका आफन्तले आज बिहानैदेखि सिद्धार्थ होटल नजिकैको चौकमा टायर बालेर विरोध जनाएका छन् ।

बालकलाई ठक्कर दिएर फरार हुने मोटरसाईकल र चालक दुबैको पहिचान खुलेको छैन । आन्दोलनबाट हुने क्षती न्यूनिकरण गर्न भन्दै प्रहरी समेत परिचालन गरिएको छ ।