Loading... आजः १० बैशाख २०८३, बिहीबार । Thursday 23rd April 2026
ताजा खबर
  

आज अन्तर्राष्ट्रिय बालदिवस

सुर्खेत |
निर्दोष आँखा, हैरान पार्नेगरी दोहोरिएका सामान्य प्रश्नहरु, तोते बोली, कार्टुनमा रमाउने बानी, वदमाश र शैतानी ब्यवहारहरु अनि तिनिहरुका अवोध गतिविधि, बालबालिकाका जादुई आँखाहरु, शायद प्रकृतीले हामी मानिसलाई पनि यहि रुपमा रहिरहनका लागी बनाएका हुन कि जस्तो पनि लाग्छ । श्रृष्टिका कोपिलाहरु हुन बालबालिका, अनि यि कोपिलाहरुलाई फक्रन सक्ने सहज वातावरण दिन सकिएन भने भविष्यमा मानवपुष्पको अस्तित्वको मिठासमा प्रश्नचिह्न उठ्न सक्छ तसर्थ बालबालिकाहरुलाई ज्ञान, सिप, धारणाको सकारात्मक र आशावादी विचारहरुको विचारोपण गर्न जरुरी छ । त्यसैकारण नोभेम्बर २० तारीखको दिन संयुक्त राष्ट्र संघले अन्तराष्ट्रिय बाल दिवस मनाउने गरेको छ ।

Happy Children's Day 2019 Speech, Essay, Bal Diwas Quotes, Nibandh,  Children's Day Bhashan, Poem, Thoughts in Hindi बाल दिवस के मौके पर ये  अच्छे निबंध, भाषण और कविताएं पढ़ें और चिल्ड्रन्स डे
आजको दिन, हामी प्रत्येकले बालबालिकाको अधिकारलाई बढावा दिन, बालबालिकाका लागि राम्रो संसार निर्माण गरि यी कोपिलाहरुको कल्याणका लागि उपयुक्त वातावरण सिर्जना गर्ने सम्बन्धि समाजमा जागरुकता फैलाउने काम गर्दछ । बालबालिकाहरुको महत्वको बारेमा विश्वभरी प्रभावकारी छाप छाड्नको लागि संयुक्त राष्ट्र संघले आजको दिन विश्वका विभिन्न स्थानहरुमा सन्देशमुलक कार्यक्रमहरुको आयोजना गर्दछ ।

आजको दिन अन्तराष्ट्रिय बाल दिवस मनाइदै गर्दा हरेक बुवाआमाले पनि आफ्नो छोराछोरीसँग आफ्नो सम्बन्धको बारेमा सोच्न जरुरी छ, जीवन एकदमै व्यस्त हुँदैगएको छ तथापि के उहाँहरुले आफ्ना छोराछोरीका लागि पर्याप्त समय र माया दिन सक्नुभएको छ कि छैन? के तपाई हाम्रा बालबालिका सहि दिशातर्फ उन्मुख भइरहेका छन या छैनन यदि छैनन भने हामीले आफ्नो ब्यवहारमा कस्तो परिवर्तन ल्याउनुपर्ने हो त्यो पनि विचार पु¥याउन जरुरी छ । यहाँ न त श्रवण कुमार माटोबाट आएका हुन न त आतकंवादीहरु आकाशबाट झरेका हुन, हाम्रा बालबालिका असल हुन, असल सोचुन, असल बोलुन् र असल देखुन्, सबैलाई शुभकामना ।