Loading... आजः ७ असार २०८३, आईतवार । Sunday 21st June 2026
ताजा खबर
  

गजल

नारीलाई गर्भभित्रै गर्भ पतन गरेर तुहाइन्छ
वारि को साग सव्जि सरी नारीलाई गर्भमै कुहाइन्छ।।

अबोध शिशुले यो सँसार नदेखेरै बिचैमा मराइन्छ
नारी जन्मि सके पनि पराइक‍ो हातमा थमाइन्छ।।

नारीको खुट्टा धोएर जल खाएर पाराइ घर पठाइन्छ
अवुझ श्रिमानले शरिरमा एसिड छर्केर श्रिमति जलाइ दिन्छ

स्वभिमान र ईमान्दार पुरुषलाईछोरी दीईन्छ
उसले नै छोरीको घाँटि रेटेर हत्या गरिदिन्छ

ठुला कुरा गर्नेहरू नारी नभए यो श्रृटि कसरी चलाइन्छ।।
जसरी बीउ नरखेर साउनमा बर्षातको हरियालि बनाइन्छ

त्यसैगरी नारी बिना यो सँसार पो कसरी चलाइन्छ
अव त घरघरमा बिधुतिय ग्याँस चुल्लो मज्जाले चलाइन्छ

जोस जागर बलिया भएका युवा बिदेशतिर भिसा काटेर पठाइन्छ
बलाकृत मृत्त नारीलाई ल्याप्चे लागाएर लास उठाइन्छ

बि. न .पा .३ तातापनी सुर्खेत