Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

देउडा गीत

दीर्घलाल न्यौपाने

श्रीस्थान नाभिस्थान पानी ज्योति बल्दा
के रलाई नेपालका ककुना बर्षै चुनाव चल्दा
पञ्चायतकाल एक राजा थिए बहुदलमा धेरै
बहुमतको सरकार गरिबका मत त्यसै गया खेरै
राजै माथि राजा भया नेपाल सुहाउँदैन
भारत गइ तिरेका कर जनता खुवाउँदैन
दैलेखको पञ्चकोशी जुम्ला रारा ताल
काँक्रेविहार बुलबुले ताल प्रदेश धनकै थाल
अगाना लाएको बाली पछानैमा गोड्या
समयमा केही बन्या नाइँँ संस्कृतिलाई छोड्या
विदेशीले बुझेकै छन् नेपाल धनकै खानी
हात दिँदा देश जाला एक दिन नसुध्रिया बानी

काँ देइ आया घरको कमाई नेता हाड्न्या गाडि
विदेशै पालिन्या गरिब किन रिनकै भारी
तलब बढ्दो भत्ता बढ्दो सबकै मूल्य बढ्ने
कागज मिल्दा कुरा मिल्दा गरिबै हुन सड्न्या
कुरा रामका खेल्छन् दामका जनता मराउन्या
खायाका खान दिन्या पदै बढाउन्या
विश्वका आम जनता मर्दा औखती पाइएन
प्लाष्टिकमै जियान गयो सम्पत्ति चाहिएन
गरिबमुक्त हुने बजेट वडा प्रदेश आयो
बहाना सजिलै भयो कोरोनाले खायो
रोग भया औखती पाइँदो कलिको भावै हो
धन सम्पत्ति केही भनेना पाप त पापै हो
सरकारमा कुर्सीको लडाई रोगको जनता लडाई
नेता जस्तो पक्ष रोग नाइँ हुन्छ सबको मराई
आज दियो भोली लिन्या रिन भन्नु रिनै हो
धनको खानी नेपाल हाम्रो रिन लाउनु घिनै हो