Loading... आजः २ असार २०८३, मंगलवार । Tuesday 16th June 2026
ताजा खबर
  

कालापानी लिपुलेख – कविता

लिपुलेखको सिमाना च्यापिरहेको छ भारतले त्यहा
नेताहरुको कुर्सी हानाहान भइरहको छ याहाँ

भारतले सडक बनाईसक्यो लिपुलेख सिमानामा जहाँ
नेपाली भुमि फिर्ता ल्याउन बन्नु पर्छ सहिद याहाँ

लिपुलेख जाने बाटोको बिकास भएको छैन त्यहाँ
हेलिकप्टरद्वारा सुरक्षा कर्मि पठाइयो जहाँ

खाने राशन पानी पनि जुटाइयो लिपुलेखमा त्यहाँ
लिपुलेख मेरो भनि खाने नुन नै नाका बन्द त्यहाँ

नेताहरुले जहिले टेबल कुर्सी भाँचिदिए त्यहा
आज हन लाको बैँठक भोलि भनी साचिँदिए यहाँ

कोरोनाको नाउमा ठुलठुला भवन बनाई दिए यहाँ
आईसुलेशन भैँसिको गोठमा थमाईदिए जहाँ