सुर्खेतको सिम्तामा बस दुर्घटना : एक जनाको ज्यान गयो २५ घाइते (मृतकको सनाखत)
सुर्खेत
३ कार्तिक |
जाजरकोटबाट सुर्खेत आउँदै गरेको बस सुर्खेतको सिम्ता गाउँपालिका ४ कालीखोलामा दुर्घटना भएको छ ।
मे १ ख ७२२ नम्बरको बस दुर्घटना हुँदा करिव ५४ वर्षका भेरी नगरपालिका वडा नं. १० शिवलाल डाँगीकोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । दुर्घटनामा २५ जना घाइते भएका छन् ।
बस १०० मिटर तल भेरी किनारमा खसेको छ । दुर्घटनास्थल सुर्खेत र जाजरकोटको सिमानामा हो ।
दुर्घटना लगत्तै छिन्चुबाट प्रहरी घटनास्थल पुगेको छ । बसका चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिए ।






