पाटे बाघको आक्रमण बढेपछि राति राजमार्गमा पैदल, साइकल र मोटरसाइकल यात्रामा रोक
बर्दिया |
बर्दिया राष्ट्रिय निकुञ्जल अन्तर्गत पूर्व-पश्चिम राजमार्गमा रातको समयमा पैदल, साइकल र मोटरसाइकल यात्रामा रोक लगाइएको छ ।
दैनिक पाटे बाघको आक्रामण बढ्न थालेपछि निकुञ्ज प्रशासनले सूचना सार्वजनिक गर्दै राति ८ बजेदेखि बिहान ६ बजेसम्म हिँडडुलमा प्रतिबन्ध लगाएको हो ।
निकुञ्ज भित्र पर्ने पूर्वपश्चिम राजमार्गको अम्रेनी-कर्णाली चिसापानी सडकखण्डमा विगत केही महिनादेखि पाटे बाघको चहलपहल बढेको र शुक्रबार राति एकजनाको मृत्यु भएपछि निकुञ्ज प्रशासनले यो निर्णय गरेको हो ।








