खेलकुद पत्रकार मञ्चमा अधिकारी
सुर्खेत
खेलकुद पत्रकार मञ्च सुर्खेत शाखामा भानुभक्त अधिकारी सर्वसम्मत चयन हुनु भएको छ । खेलकुद पत्रकार मञ्चको यो दशौं शाखा हो । पछिल्लो समयमा मोसफलमा समेत विट पत्रकारिताले स्थान फराकिलो बनाउँदै लैजाने क्रम बढिरहेको छ ।

नेपाल पत्रकार महासंघ सुर्खेत शाखाको हलमा भएको भेलाले अधिकारीको संयोजकत्वमा ९ सदस्यीय तदर्थ समिति चयन गरेको हो । समितिका अन्य पदाधिकारीहरुमा उपाध्यक्ष लक्ष्मी भण्डारी, सचिव राजेन्द्र विक्रम शाही, सहसचिव सुवर्ण शाही, कोषाध्यक्ष सिर्जना बुढाथोकी चयन हुनु भएको छ भने अन्य सदस्यहरुमा लक्ष्य बबहादुर सुनार, निर्मल प्याकुरेल, निरक कंडेल र तिलक पौडेल चयन हुन भएको छ ।

संयोजकमा चयन भइसकेपछि भानुभक्त अधिकारीले खेल पत्रकारिताको क्षेत्रमा कलम चलाउन सबै पत्रकारहरुलाई समेटेर लैजाने बताउनु भयो । सबैको साथ र सहयोगले आफू सफल हुनेमा विश्वस्त रहेको अधिकारीको भनाई थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य कलेन्द्र सेजुवाल, खेलकुद पत्रकार मञ्चका केन्द्रिय सदस्य कमल खत्री, पत्रकार महासंघ सुर्खेतका अध्यक्ष गणेशकञ्चन भारती, जिल्ला खेलकुदका विभिन्न पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।






