Loading... आजः १३ बैशाख २०८३, आईतवार । Sunday 26th April 2026
ताजा खबर
  

लागूऔषध सहित तीन जना पक्राउ

सुर्खेत
कर्णाली प्रदेश ब्यूरोको टोलीले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । प्र.ना.नि. नारायण शर्माको कमाण्डमा खटिएको टोलीले विशेष सूचनाको आधारमा वीरेन्द्रनगर नगरपालिका वडा नं. १२ स्थित चारबाहिनी रोडमा चित्रा बटालाको घरबाट लागु औषधसहित तीन जनालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार रितपूर्वक बटालाको घर खानतलासी गर्दा उनको २७ वर्षको छोरा सुमन बटालाको पर्सबाट २ पुडिया र निजको हातबाट भुँईमा फालेको अवस्थामा २२ पुडिया गरि २४ पुडिया बराबर गरेको प्रहरीले जनाएको छ । लागु औषध किनमेल गर्दै गरेका वर्ष २८ का गणेश सुनार र बर्ष २९ को गंगे सुनारलाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।