अन्तराष्ट्रिय दिवसको अवसरमा अन्तरक्रिया हुने
सुर्खेत, १३ कात्तिक ।
फ्रिडम फोरमको आयोजनामा मंगलवार पत्रकार विरुद्ध हुने अपराध सम्बन्धि दण्डहिनता अन्त्य विषयक प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रमको आयोजना हुने भएको छ ।
पत्रकार विरुद्ध हुने अपराध सम्बन्धि दण्डहिनता अन्त्यसम्बन्धि अन्तरष्ट्रिय दिवसको अवसरमा पारेर सो कार्यक्रमको आयोजना हुन लागेको हो ।
कार्यक्रममा नेपालमा पत्रकारहरुको सुरक्षा अवस्था तथा अधिकारका विषयमा विभिन्न प्रतिवेदनहरु प्रस्तुत गरिनुका साथै ६ नम्वर प्रदेशको समग्र पत्रकारहरुको अवस्थाको साथै अभिव्यक्ति स्वतन्त्रताको बारेमा छलफल गरिने फ्रिडम फोरमका प्रदेश नम्वर ६ का प्रतिनिधि लक्ष्मी भण्डारीले जानकारी दिइन् ।
कार्यक्रममा प्रशासन, सुरक्षा निकायका प्रतिनिधि, अधिवक्ताहरु र प्रदेश नम्वर ६ का विभिन्न जिल्लाका पत्रकारहरुको सहभागिता रहने भण्डारीले बताइन्
सन् २००९ मा फिलिmिपन्समा अपहरण तथा हत्याकाण्डमा मारिएका १२ जना पत्रकारहरुको सम्झनामा नोभेम्वर २ लाई अन्तराष्ट्रिय दिवसको रुपमा मनाइदै आएको छ ।






