Loading... आजः १८ बैशाख २०८१, मंगलवार । Tuesday 30th April 2024

प्रधानमन्त्री ओली सर्वोच्चमा लिखित जवाफ बुझाएर फर्किए

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओली सर्वोच्च अदालतमा लिखित जवाफ बुझाएर फर्किएका छन् । अदालतको अवहेलना मुद्दामा उनले आज सर्वोच्चमा लिखित जवाफ बुझाएका हुन् ।

प्रधानमन्त्री स्वयं अदालतमा उपस्थित भएर लिखित जवाफ बुझाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । ‘‘उहाँले स्वयं उपस्थित भएर लिखित जवाफ प्रस्तुत गर्नुभएको छ । अदालतप्रतिको उच्च सम्मान प्रस्तुत गर्नुभएको छ,’’ थापाले सञ्चारकर्मीसित भने ।