विप्लव मैले कोरेकै गोरेटोमा आउनुभयो, अब पार्टीमा स्वागत गर्न चाहन्छु : प्रचण्ड
काठमाडौं ।
नेकपा प्रचण्ड-माधव समूहका अध्यक्षद्वयले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी शान्तिपूर्ण राजनीतिमा आएकोमा स्वागत गरेका छन् । साथै एउटै पार्टीमा बनाउन प्रस्ताव गरेका छन् ।
शनिबार पेरिसडाँडामा आयोजित कार्यक्रममा विमल अधिकारी नेतृत्वको नेकपा माओवादी समायोजित र विप्लव समूहका दीप तामाङको समूह पार्टी प्रवेश गरेको छ ।
कार्यक्रममा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विप्लव आफूले कोरेकै गोरेटोमा आएको भन्दै खुसी व्यक्त गरे । उनले भने, ‘छिट्टै यस्तो कार्यक्रम (पार्टी समायोजन तथा प्रवेश)मा स्वागत गर्ने प्रतीक्षामा छु ।’






