हुरी र चट्याङसहित पानी पर्न सक्ने
काठमाडौं ।
देशका विभिन्न भागमा मौसम बदली भएको छ । स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज देशका केही भूभागमा पानी पर्ने सम्भावनासमेत रहेको छ । दिउँसो पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली हुनेछ ।
साँझ पख प्रदेश १, बागमतीका साथै गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन/चट्टयाङ्/हुरीको सम्भावना भएकोले सतर्क रहनसमेत महाशाखाले सचेत गराएको छ।






