Loading... आजः २८ बैशाख २०८३, सोमबार । Monday 11th May 2026
ताजा खबर
  

कसैलाई काखा र कसैलाई पाखा गर्नुहुँदैन : गिरी

राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य एवम् प्रदेश नं. ६ का संयोजक हुनुहुन्छ मुकुन्दश्याम गिरी ।नेपाली राजनीतिलाई लामो समयदेखि नजिकबाट नियाल्दै नेपाली राजनीतिककर्मीको रुपमा २०२९ सालदेखि नै सक्रिय हुनु भएको हो भद्र र सालिन व्यक्तित्वको रुपमा चिनिनुहुन्छ उहाँ । लाटीकोइली गाउँ पञ्चायतको प्रधानपञ्चदेखि वीरेन्द्रनगर नगरपालिकाको मेयरसम्मको जिम्मेवारी सम्हाल्नु भएका मुकुन्दश्याम गिरी आसन्न निर्वाचनमा ६ नं. प्रदेशबाट प्रदेश सभाका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट समानुपातिक उम्मेदवार बन्नु भएको छ । यहाँसँग समसामयिक विषयमा गरिएको कुराकानी :

प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन नजिकिदै छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाचन लक्षित कस्तो तयारी गर्दैछ ?

प्रजातान्त्रिक गठबन्धनका कारण हाम्रो पार्टीले सुर्खेतमा समानुपातिक तर्फ मात्र उम्मेदवारहरु बनाएको छ । त्यसकारण धेरै तामझाम र हल्ला गर्ने भन्दा पनि सुर्खेती जनताको माया र सहयोग प्राप्त गर्न भेटघाट र सहयोगको याचना गर्ने कार्य गर्दै पार्टीले आफ्ना सबै तहका कार्यकर्ताहरुलाई सम्बन्धित क्षेत्रमै परिचालन गर्ने योजना बनाएर अघि बढिरहेको छ ।

 लोकतान्त्रिक गठबन्धनमा राप्रपाले आफ्ना एइजेण्डा प्राप्ति गर्न सक्ला ?

गठबन्धनको प्रक्रिया शुरु भएपछि हामीले पनि प्रजातान्त्रिक पार्टी भएका कारण लोकतान्त्रिक गठबन्धन गर्नु पर्ने परिस्थिति बन्न गयो । जहाँसम्म हाम्रो एजेण्डाको कुरा छ । राप्रपा आफ्नो एजेण्डामा प्रष्ट छ । गठबन्धनमा रहेका अन्य पार्टीहरुलाइक्षर्् समेत हाम्रो एजेण्डामा आउने परिस्थितिको निर्माण हुन लागेकोले त्यसमा शंका गरिरहनु पर्ने कारण छैन । आफ्नो एजेण्डा खास गरी सनातन हिन्दु राष्टको पक्षमा हामी दृढ छौ ।

 तपाई प्रदेश सभाको उम्मेदवार प्रदेशका जनता समक्ष तपाईले प्रस्तुत गर्ने कार्यक्रमहरु के कस्ता छन् ।

मलाई पार्टीले प्रदेश सभा तर्फको समानुपातिक उम्मेदवारको रुपमा नं. १ राखेको छ । सुर्खेती जनताको माया र प्रदेशका सबै जिल्लाको सहयोग प्राप्त पाएर उक्त जिम्मेवारी प्राप्त गर्न सकिन्छ भन्ने मलाई लागेको छ । मैले आफ्नो जीवनकालको ४३ वर्ष समाजसेवामा बिताएको छु । २०२९ साददेखि विद्यार्थी राजनीतिमा लागेको, २०४३ मा लाटीकोइलीको प्रधानपञ्च बने । त्यहाँका जनताको माया पाएर प्रधानपञ्च बनेको ३ वर्ष नपुग्दै पञ्चायत गो । मैले शुरु गरेका कामहरु केहस्ी पूरा भ एभने केही अधुरै रहे । त्यस्तै सामाजिक क्षेत्रमा बाल संगठन, जेसिज पिवद्यालय व्यवस्थापन समिति आदि केही ठाउमा सेवा गरे । पछिल्लो चरण २०६१ मा वीरेन्द्रनगर नगरपालिकाको मेयर बन्ने अपसर प्राप्त भयो । तर त्यस बखत पनि क्षेत्रीय अस्पतालको स्थापना, क्षेत्रीय कार्यालयहरु सुर्खेत सार्ने र केही भौतिक पूर्वाधारका काम गर्दै थिएँ । १० महिनामै अवधि पुरा भयो । म यी सबै परिस्थितिबाट दुःखी छु । जिल्लाका लागि निस्वार्थ सेवागर्ने अवसर नै पाउन सकिन ,। सायद मेरो कर्म मै छैन । यसपालि ष्यदि सबैको माया पाउन सके भने म केही गरेर देखाउने छु भन्ने सोचिराखेको छु । सर्वप्रथम त यो जिल्लामा धेरै नै काम गर्न बाँकी छन् । स्वच्छ र सफा नगर बनाउन यहाँका बाटाघाटा, विद्यालय, शैक्षिक संस्था र पिउने पानीको अभाव पूर्ति गर्ने तथा व्यवस्थित शहर निर्माणमा नयाँ सोचको आवश्यकता छ । त्यसैगरी यो प्रदेशकै विकासमा धेरै नै गर्नु छ । त्यो सबै कुराको म सँग कार्य योजना छ । यस प्रदेशका जनताको इच्छा, चाहना र आवश्यकका लागि मैले गर्नु पर्ने कार्यमा म सदा सेवक भएर लागिरहने छु ।

अहिले भईरहेका मध्ये तपाई निर्वाचित भएपछि तुरुन्तै परिवर्तन गर्छु भन्ने बुँदा के छ ?

मैले पहिले पनि भने म जनताको सेवक हुनका लागि राजनीति गरिरहेको छु । तर जुन विभेदपूर्ण तरिकाले कसैलाई काखा र कसैलाई पाखा गरिएको छ । म त्यसको विरोध गर्दछु । बृद्धभत्ताको कुरा गर्नुपर्दा कुनै जातिले ६० वर्षमा पाउने कुनैले ७० वर्ष पर्खिनुपर्ने । त्यस्तो पनि हुन्छ । बृद्ध भनेका सबै बृद्ध हुन् । सबैले ६० वर्ष पुग्नासाथ पाउनु पर्छ । के खस आर्यको ६० वर्षको बृद्ध र अन्य जातिको ६० वर्षको बृद्धमा फरक छ । सबै जातिलाई समान अवसर दिनु पर्छ । कसैलाई काखा र कसैलाई पाखा गर्नुहुँदैन । खस आर्यको ६० वर्षको बृद्धले गिटी कुटेर जीवन विहान बेलुकाको छाक टार्नु पर्ने अवस्था छ भने उसले बृद्धभत्ता पाउनु हुँदैन भनेर हुन्छ । यी र यस्ता तमाम विभेदको विरुद्धमा र सबैलाई समानताको पक्षमा मेरो समानुपातिकको उम्मेदवारी हो ।

 वाम गठबन्धन देखेर काँग्रेस र राप्रपा डराएका छन् नि है ।

यो स्वभाविक प्रक्रिया हो । गठबन्धन गर्ने उद्देश्यहरु धेरै हुन्छन् । वाम गठबन्धनमा पनि धेरै उद्देश्य लिएर भएको होला । जसमा प्रजातान्त्रिक गठबन्धत्रन डराउनु पर्ने भन्दा पनि जुनसुकै गठबन्धन पनि देश विकास र जनताको सुखको लागि होस् ।

 हिन्दू राष्ट्र र प्रजातन्त्र सहितको राजसंस्था स्थापना गर्नका लागि अबका दिनमा राप्रपाले कस्तो भूमिका निर्वाह गर्छ ?

राप्रपाले आफ्ना प्रमुख एजेण्डाका रुपमा राखेको उक्त उद्देश्यहरु प्राप्त गर्न अहिले सम्भव नदेखिए जस्तो भएता पनि भविष्यमा हुन्छ भन्नेमा हामी दृढ छौ । उकाली ओराली राजनीतिको निरन्तर प्रक्रिया हो । उदाहरणका लागि भारतीय जनता पार्टी छ । एक दिन हामी नेपाली जनताको इच्छाका विषय स्थापित गरेर् छाड्ने छौ ढुक्क भए हुन्छ ।

 समानुपातिकमा यस प्रदेशका जनताले गाई चिन्हमा नै भोट हाल्छन् भनेर कसरी विश्वस्त हुनुहुन्छ ?

म जनतामा विश्वास गर्ने मान्छे हुँ । जसका कारण मैले जीवनमा जनताकै सेवाको उद्देश्य राखे । नेपाली जनताको ठूलो संख्या अर्थात ९४ प्रतिशत ओमकार परिवारको छ । अन्यलाई पनि हाम्रो एजेण्डा मन परेको छ । हजस्तो नेपालका मुस्लिम समुदाय नेपाल हिन्दू राष्ट्र भन्ने चाहनुहुन्छ । हाम्रो चुनाव चिन्हले समेत स्पष्ट पारेको छ । सनातन धर्मालम्बी बहुसंख्यक जनताको पूजनीय ‘गाई’ माता हुन । जसलाई लक्ष्मीको रुपमा पूजा गरिन्छ । हामीले गौ रक्षाको उद्देश्य लिएइका छौ । गाईसँग हाम्रो संस्कार जोडिन्छ । संस्कारसँग जनता र जनतासँग देश अनि देशसँग विश्व । त्यसैले म दृढ छु । हामीबाट केही गल्ती भए होलान् तर हामीले बाटो बिराएका छैनौ । त्यसैले जनताको माया पाउने विश्वास लिएको छु

अन्तमा,

मंसिर १० र २१ मा प्रतिनिधि सभा र प्रदेश सभाको लागि निर्वाचन हुँदैछ । हामीले चिर्वाचित गरेर पठाएका प्रतिनिधिहरुले के र कस्तो कार्यहरु गर्छन भनेर नेपाली जनताले मूल्याङ्कन गर्ने बेलाको समय हो । मैले हिजोका दिनहरुमा गरेका कार्यहरुबाट सुर्खेती जनताले पाएको सहुलियतको बारेमा मैले नै व्याख्या गरिराख्नु पर्दैन । यतिबेला म पार्टीको तर्फबाट समानुपातिक उम्मेदवार बनेको छु । जनता जनार्दनहरु न्याधिसको रुपमा इजलासमा बसिरहनु भएको छ । विगतमा जनप्रतिनिधिको रुपमा काम गरेको बेलामा जनताले तिरेको करबाट एक पैसा सेवा सुविधा नलिएको कुरा जनतालाई राम्रोसँग थाह छ । त्यसैले इजलासमा बसेर फैसल गर्ने बेलामा कुनै पनि आछेप र आरोप नलागेको जनताकै उम्मेदवारको रुपमा खडा भएको म र मेरो चुनाव चिन्ह गाई मा आफ्नो अमूल्य भोट हालेर जनताले फैसला गर्नुहुनेछ र मलाई आफ्नो सेवकको रुपमा काम गर्ने मौका प्रदान गर्नुहुनेछ भन्नेमा म विश्वस्त छु । तपाईको मिडियामा मार्फत म उम्मेदवारको इजलास जनता जनार्दन समक्ष मेरो शब्द पु¥याउने अवसरका लागि यहाँलाई धन्यवाद ।