Loading... आजः २८ बैशाख २०८३, सोमबार । Monday 11th May 2026
ताजा खबर
  

कुखुरा बोक्ने गाडीमा काठ तस्करी : दुईवटा गाडि सहित ४ जना पक्राउ

सुर्खेत ।
कर्णाली राजमार्गको बांगेसिमल–बड्डीचौर सडक खण्डको बांगेसिमलबाट चिरान काठ तस्करी गरिरहेको अवस्थामा २ वटा जिप सहित ४ जना पक्राउ परेका छन् ।
मध्यरातमा गाडिको प्रयोग गरि चिरान काठ तस्कर गरिरहेको सुचनाका आधारमा वन कर्मचारी र प्रहरीको संयुक्त गस्ती टोलीले चिरान काठसहित दुईवटा गाडी नियन्त्रणमा लिएको हो ।


पक्राउ पर्नेमा सवारी चालकद्वय वीरेन्द्रनगर–२ गणेश सुनार र डोलबहादुर सुनार तथा सहचालक वीरेन्द्रनगर १८ का अजुन बस्याल र लाले रहेका छन् । जिल्ला वन कार्यालय सुर्खेतका वन अधिकृत हेमराज विष्टले लु १ च ८३६३ र लु २ च ३४३ नम्बरको जिप पनि नियन्त्रणमा लिएको जानकारी दिए । उनले दुवै जीपबाट १२० थान सालको चिरान काठ बरामद भएको छ । बराहताल गाउँपालिका–८ कुम्भिकोटबाट काठ ल्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको वन अधिकृत विष्टले जानकारी दिए । यसबारे थप अनुसन्धान भइरहेको र पक्राउ परेकालाई वन ऐन अन्तरगत मुद्दा चलाइने वताए ।