Loading... आजः ११ आश्विन २०८३, आईतवार । Sunday 27th September 2026

ऊर्जामन्त्री रायमाझीलाई कोरोना संक्रमण

काठमाडौं ।

ऊर्जा, जलस्रोत तथा सिचाइँ मन्त्री टोपबहादुर रायमाझीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

गृहजिल्ला अर्घाखाँचीबाट काठमाडौं फर्के लगत्तै रायमाझीलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्री रायमाझीको सचिवालले जनाए अनुसार संक्रमित भएपछि उहाँलाई सैनिक अस्पताल छाउनीमा भर्ना गरिएको छ ।

स्वास्थ्य अवस्था सामान्य रहे पनि सावधानी अपनाउँदै अस्पताल भर्ना गरिएको रायमाझीको सचिवालयले जनाएको छ । उहाँलाई लक्षण सहितको कोरोना संक्रमण देखिएको छ ।