केपी शर्मा ओलीले लिए प्रधानमन्त्री पदको सपथ
दोहोरिए पुरानै मन्त्रीहरु
काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज तेस्रो पटक प्रधानमन्त्रीको सपथ लिँदै लिएका छन् । सांसदमा विश्वासको मत लिन असफल भएपछि स्वतः पदमुक्त भएका प्रधानमन्त्री केपी शर्मा ओली अहिले भने अल्पमतको प्रधानमन्त्री बनेको हुन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा प्रधानमन्त्री ओलीले सपथ लिएका हुन् । उनले आज (शुक्रबार) साढे २ बजे राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएका हुन् । उनको सपथ पश्चात प्रधानमन्त्री ओलीको क्याबिनेटमा यसअघि रहेका सबै मन्त्रीलाई पनि आजै सपथ खुवाइएको छ । ओलीले पुरानै मन्त्रीलाई निरन्तरता दिएका छन् ।






