Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

जिप दुर्घटना हुँदा दैलेखमा २ जनाकाे मृत्यु

सुर्खेत ।

कर्णाली राजमार्ग अन्तर्गत दैलेखकाे दुल्लू नगरपालिका ३ स्थित स्यालामा जिप दुर्घटना हुँदा २ जनाकाे घटनास्थलमै मृत्यु भएकाे छ । आज विहान अन्दाजी ६ः३० बजे जुम्लाबाट सुर्खेततर्फ आउँदै गरेकाे बा २० च ७१५ नम्बर जिपकाे ब्रेक फेल भै सडकबाट पाँच सय मिटर तल खसेकाे जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएकाे छ ।

प्रहरी कार्यालयका अनुासार दुर्घटनामा परि जुम्लाकाे गुठिचाैर गाउँपालिका ४ का ३८ वर्षिय जिप चालक रामहरी न्याैपाने र साेही ठाउँकी २७ वर्षिय राज्यलक्ष्मी न्याैपानेकाे मृत्यु भएकाे छ ।

साथै, जिपमा २ जनामात्रै सवार रहेकाे जनाइएकाे छ भने  घटनाको प्रारम्भिक अनुसन्धान कार्य सुरु भईरहेको प्रहरी कार्यालय दैलेखकाे भनाइ छ ।