चौकुने सिमेन्ट कारखाना निर्माणमा पहल गरिने : थानी
सुर्खेत ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा सदस्यका लागि सुर्खेत क्षेत्र न. २ का उम्मेदवार हृदयराम थानीले यो निर्वाचनमा जनताले नेपाली काँग्रेसलाइ बहुमत दिइ काँग्रेसको सरकार बनेमा पश्चिम सुर्खेतको चौकुने सिमेन्ट कारखाना सञ्चालनका लागि पहल गरिने बताउनुभयो । २०४८ सालदेखि थाँती रहेको कारखाना निर्माण गर्न अहिलेका ठेक्का रद्द गरेर भएपनि चौकुने सिमेन्ट कारखाना बनाइने दावी गर्नुभएको छ ।
नेपाली काँग्रेस वडा कार्य समिति वीरेन्द्रनगर ७ ले आज आयोजना गरेको चुनावी कार्यक्रमलाइ सम्बोधन गर्दै थानीले ६ न. प्रदेशको सदरमुकामा स्थापनाका निम्ति नेपाली काँग्रेसले खेलेको भूमिका सम्पूर्ण सुर्खेतबासीलाइ थाह भएको भन्दै सदरमुकामको विकासका लागि नेपालगञ्जदेखि सुर्खेतसम्म टु–लेन सडक बनाउन थालिएको बताउनुभयो । उहाँले ६ न. प्रदेशको पर्यटनको केन्द्र रारा तालको विकासका लागि कर्णालाी राजमार्गलाइ टु–लेन बनाइने, काँक्रेबिहार र बुलबुलेलाइ पर्यटक आकर्षणको केन्द्र बनाउन काँग्रेसले नीति निर्माण गर्न थालेको बताउनुभयो ।
यस्तै नेपाली काँग्रेस सुर्खेतका सभापति एवम् प्रदेश सभा सदस्यका लागि क्षेत्र नं. २ (क)का उम्मेदवार कमलराज रेग्मीले सुर्खेत उपत्यका वासीका लागि खाने पानीको समस्या समाधान गर्न भेरीको पानी लिफ्ट गरेर उपत्यकामा ल्याउन थालिएको बताउनुभयो । उहाँले लोकतन्त्रको संस्थागत विकास गर्दै सुर्खेत उपत्यकाको विकासका लागि नेपाली काँग्रेसलाइ जिताउन समेत मतादातासंग गर्नुभयो ।
चुनावी कार्यक्रममा बोल्दै पूर्व स्वास्थ्य राज्यमन्त्री खड्कबहादुर बस्यालले प्रदेश र प्रतिनिधि सभा निर्वाचन पार्टीबीचको नभै विपक्षीहरुसंगको लडाइँ भएकोले काँग्रेसका सबै कार्यकर्ताहरु आफ्ना उम्मेदवारहरुलाइ जिताउन रातदिन खटेर लाग्न आग्रह गर्नुभयो ।
त्यसैगरी, प्रतिनिधि सभाको लागि समानुपातिकतर्फका उम्मेदवार गोविन्दबहादुर मल्लले नेपाली काँग्रेसलाइ जिताउन सबै एकजुट भएर लाग्न कायकर्तालाई आग्रह गर्नुभयो ।
त्यसैगरी, कार्यक्रममा नेपाल महिला संघका केन्द्रीय कोषाध्यक्ष जानकी सिंह तथा प्रदेश सभाका लागि समानुपातिकतर्फका उम्मेदवार पार्वती गिरीले काँग्रेसलाइ जिताउन सकिएमा लोकतन्त्रको विकास गर्दै कम्यूनिष्ट गठबन्धनलाइ परास्त गर्न सकिने बताउनुभयो ।
कार्यक्रम वडा सभापति धु्रवकुमार चपाइँको अध्यक्षतामा सम्पन्न भएको थिायो ।
यसैगरी, काँग्रेस वडा कार्य समिति वीरेन्द्रनगर १२ को पनि चुनावी कार्यक्रम आजै सम्पन्न भएको छ ।






