Loading... आजः १२ बैशाख २०८३, शनिबार । Saturday 25th April 2026
ताजा खबर
  

देशभर थप ८,३०५ जनामा कोरोना संक्रमण, १९० संक्रमितको मृत्यु

काठमाडौं ।

पछिल्लो २४ घण्टामा देशभर ८ हजार ३०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २२ हजार ८७ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ८ हजार ३०५ जनामा संक्रमण भेटिएको हो ।  पिसिआर विधिबाट ८ हजार २२७ र एन्टीजेन विधिबाट ७८ जना संक्रमित पुष्टि भएका हुन्।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण नेपालमा थप १९० जना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म नेपालमा कोरोनाका कारण ५ हजार ८४७ जना संक्रमितको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर ६ हजार ५४३ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

देशभर ९३२ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।