Loading... आजः २८ बैशाख २०८३, सोमबार । Monday 11th May 2026
ताजा खबर
  

लागु औषधसहित चार जना पक्राउ

सुर्खेत ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले ८१ पुडिया ब्राउन सुगरसहित ४ जनालाई पक्राउ गरेको छ । विरेन्द्रनगर –६ गोदाम लाइन स्थित सञ्चालनमा रहेको मिलन रेस्टुेरेन्टबाट सञ्चालक महिलासहित ४ जनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतको सादा पोशाकमा खटिएको प्रहरी टोलीले होटल सञ्चालक बर्ष ५४ की बिष्णु देबी शाही र सोही रेष्टुरेन्टमा काम गर्ने बर्ष १८ को गौरब क्षेत्री, दैलेख गुराँस गाउँपालिका ५ घर भएकी बर्ष २१ की सरु शाहीलाई शनिबार पक्राउ गरेको हो ।

सोही रेष्टुरेन्टमा बसेका सुर्खेत वी.न.न.पा. ९ बस्ने बर्ष १८ को प्रदिप खत्रीलाई शंकास्पद रुपमा बसेको अबस्थामा उनिहरूको शरिर तथा रेष्टुरेन्ट खानतलासी गर्दा बिष्णु देबी शाहीले बोकेको सलमा पोको पारी लुकाई छिपाई राखेको ३ (तिन) पुडिया र सोही होटलको कोठाको पंखा माथी लुकाई छिपाई राखेको सेतो झिलझिले कागजमा पोको पारी राखेको ७८ (अठत्तर) पुडीया लागु औषध (ब्राउनसुगर ) गरी जम्मा ८१ (एकासी) पुडिया प्लास्टिक बाहेक नापतौल गर्दा ७ (सात) ग्राम ४५० (चार सय पचास ) मिलिग्राम लागु औषध ब्राउनसुगर र ५ वटा प्रयोग नभएको नाईट्रोभेट ट्याब्लेट, श्रोत नखुलेको बिभिन्न दरका नेपाली नोट र भारतिय नोट रु ५०,८,२०० (पाँच लाख आठ हजार दुई सय ) नगद पैसा सहित बरामद गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।